ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु « Khabarhub

ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा नगरपालिकास्थित बस्तीपुरमा गए राति ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बस्तीपुर र मन्हरवाको बीचमा ओभरटेक गर्ने क्रममा मोटरसाइकल स१त ३७७७ नंको ट्याक्टरमा टोक्किँदा मोटरसाइकल चालक सिरहाको कर्जन्हा नगरपालिका–४ बस्तीपुर निवासी २७ वर्षीय रमेश साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार कर्जन्हा नगरपलिका–१० निवासी १७ वर्षीय मो इरफान शेख घाइते भएका छन् । घाइते शेखको मिर्चैयास्थित मङ्गलम अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ११ : १७ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच