भारतका विदेश सचिव गोख्ले नेपालमा « Khabarhub

भारतका विदेश सचिव गोख्ले नेपालमा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा बिहीबार(आज) काठमाडौँ आइका छन् । आफ्ना नेपाली समकक्षी शङ्करदास वैरागीसँग भारत–नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न उनी नेपाल आएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

करीब १५ महीनाअघि विदेश सचिवमा नियुक्त गोख्लेको यो पहिलो औपचारिक भ्रमण हो । भारतको विदेश सचिवमा नियुक्त भएपछि पारस्परिक विषयमा छलफल गर्न नयाँ दिल्लीबाट उच्च कूटनीतिक अधिकारीले नेपाल भ्रमण गर्ने परम्परा छ ।

दुई सचिवको नेतृत्वमा बिहीबार नै द्विपक्षीय वार्ता हुनेछ । सचिव गोख्लेका साथ सहसचिव सुधाकर दलेला पनि भ्रमण दलमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ११ : २० बजे

एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा

काठमाडौं – राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा

अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण

म्याग्दी – नयाँ पर्यटकीय गन्तव्यस्थलका रूपमा विकास भएको म्याग्दीको अन्नपूर्ण

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र