आँखामा चोटपटक लाग्दा गुम्न सक्छ दृष्टि, यसरी गर्नुस् सुरक्षा « Khabarhub

आँखामा चोटपटक लाग्दा गुम्न सक्छ दृष्टि, यसरी गर्नुस् सुरक्षा


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आँखा हाम्रो शरीरको संवेदनशील अंग हो । त्यसैले हामीले जहिले पनि आँखाको सुरक्षालाई ध्यान दिनुपर्छ । कुनै कार्य गर्दा होस् वा हिड्दै गर्दा हरेक समयमा आँखाको सुरक्षा गर्नुपर्छ ।
तर कहिलेकाहीँ सुरक्षा अपनाउदा अपनाउदै पनि आँखामा चोटपटक लाग्न सक्छ । अञ्जानमा आँखामा चोट लागेको अवस्थामा त्यसलाई सामान्य सोच्न नहुने चिकित्सकहरु बताउँछन् । आँखामा लाग्ने चोटलाई व्यवस्था गरे विभिन्न समयस्या उत्पन्न हुने र दृष्टि समेत गुम्नसक्ने खतरा हुन्छ ।

आँखामा लाग्ने चोटपटकले यस्तो समस्या निम्त्याउछ

–दृष्टिमा कमी हुन सक्छ ।

–आँखा दुख्छ ।

–आँखा रातो हुन्छ ।

–आँखाबाट पानी बग्ने समस्या हुन्छ ।

–आँखा बिझाउछ ।

–हेर्न गाह्रो हुने ।

–आँखा पोल्ने,आँखा सुनिने समस्या हुन्छ ।

–आँखाको नानीमा घाउँ हुन सक्छ ।

–विभिन्न किसिमका इन्फेक्सन हुने सम्भावना हुन्छ ।

आँखामा चोटपटक लाग्दा यी समस्याहरु देखिने र दृष्टीसमेत गुम्न सक्ने भएकाले आँखामा चोटपटक लाग्दा सामान्य मानेर बस्न हुँदैन । आँखामा चोटपटक लाग्दा आँखाको हेरचाहमा विषेश ध्यान दिनुपर्छ ।

आँखामा चोटपटक लाग्दा यस्तो गर्नुस्

–आँखामा चोटपटक लागेमा आँखा माड्नु हुदैन ।

–आँखामा बाहिरी वस्तु परेको छ भने पानीभित्र आँखा डुवाएर हेर्ने गर्नुपर्छ । त्यसरी आँखामा परेको वस्तु बाहिर निस्कन्छ ।
–बाहिरी वस्तुलाई निकाल्न औंलाको नङ, सिन्का वा कुनै पनि औजारको प्रयोग गर्नु हुँदैन ।

–केही वस्तु परेमा चिसोपानीले आँखामा छ्याप्ने र बारम्बार आँखा झिम्काउने गर्नुपर्छ ।

–आँखामा चोटपटक लाग्दा तेल,आमाको दुध वा जढिबुटिको प्रयोग गर्नु हुदैन ।

–आँखामा चोटपटक लागेमा तुरुन्त नजिकैको आँखा केन्द्रमा गएर आँखा जाँच गराउनुपर्छ ।

–चिकित्सकको परार्मशमा औषधि उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : ५७ बजे

१४१ निवर्तमान सांसदको हस्ताक्षर लिएर कांग्रेस–एमाले आज सर्वोच्च जाँदै 

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमाले संसद पुनर्स्थापनाका लागि निवर्तमान

कांग्रेसले नेपाललाई कुशासन र भ्रष्टाचारबाट बाहिर निकाल्नुपर्छ : महामन्त्री थापा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाललाई कुशासन र

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित