कर्मचारी समायोजन सम्पन्न भएको घोषणा, चैत २० सम्म गुनासो सुनिने « Khabarhub

कर्मचारी समायोजन सम्पन्न भएको घोषणा, चैत २० सम्म गुनासो सुनिने


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय गरी ३ वटै तहमा कर्मचारी समायोजनको काम सम्पन्न भएको घोषणा गरेको छ ।

बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर संघीय मामिला तथा सामानय प्रशासन मन्त्री लालबाबु पण्डितले तीनवटै तहमा स्थायी रुपमा कर्मचारी समायोजन सम्पन्न भएको घोषणा गरे ।

‘केन्द्रीय शासन प्रणालीबाट संघीय प्रणालीमा जाँदा संसारका थुप्रै मुलुकहरुमध्ये कतिपय मुलुकले समायोजनको प्रक्रिया सम्पन्न गर्न सकेका छैनन्, धेरै मुलुक लामो समय अल्झिरहेका छन्,’ मन्त्री पण्डितले कार्यक्रममा भने, ‘विशिष्ट स्थितिको हाम्रो मुलुकले भने समयमै कर्मचारी समायोजनको काम सम्पन्न गरेको छ ।’

मन्त्री पण्डितले अनलाइन प्रणालीमार्फत फारम भर्ने क्रममा केही कर्मचारीबाट भएका कमजोरी र केही गुनासा सम्बोधन गर्ने क्रममा समायोजन प्रक्रिया लम्बिएको बताए ।

कर्मचारीका गुनासा सुन्नका लागि अझै चैत २० गतेसम्मका लागि समय दिइएको मन्त्री पण्डितको भनाइ छ । ‘समायोजनको प्रक्रिया अब सकिसकिएको छ । तर, अझै पनि समायोजनमा परेका कर्मचारीलाई पत्र दिने काम चलिरहेको छ,’ मन्त्री पण्डितले भने, ‘समायोजनका सम्बन्धमा अझै पनि कर्मचारीबाट केही गुनासाहरु आइरहेका छन् । ति गुनासा सुन्नका लागि चैत २० गतेसम्मको समय दिइएको छ ।’

मन्त्री पण्डितले समायोजनमा परेर प्रदेश तथा स्थानीय तहमा गएका कर्मचारीलाई वृत्तिविकास र अवसरबाट बञ्चित नगरिने बताए । ‘राष्ट्रसेवक कर्मचारीलाई प्रोत्साहित गर्ने र उहाँहरुको वृत्तिविकासलगायत सबै कुरामा हामीले संघीय निजामति सेवा ऐन, प्रदेश निजामति सेवा ऐन र स्थानीय सेवा ऐनको मापदण्ड पनि हामीले यहाँ (संघ)मै संसदबाट बनाउने भएकाले यी सबै ऐनमा कर्मचारीलाई वृत्तिविकास र अवसरबाट बञ्चित नगर्ने गरी मापदण्ड तयार गरिन्छ,’ मन्त्री पण्डितले भने ।

प्रदेश र स्थानीय तहको दरवन्दी घटबढ हुन सक्ने

संघीय मामिला तथा सामान्य प्रशानमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजनपछि पनि प्रदेश र स्थानीय तहको संगठन संरचना परिवर्तन हुन सक्ने बताए ।

अहिले कर्मचारी समायोजन भएपनि आवश्यकता र औचित्यका आधारमा प्रदेश र स्थानीय तहको दरबन्दी घटबढ हुनसक्ने मन्त्री पण्डितको भनाइ छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १ : १५ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर