कुलमानको नयाँ काम– विपन्न वर्गलाई निःशुल्क मिटर वितरण | Khabarhub Khabarhub

कुलमानको नयाँ काम– विपन्न वर्गलाई निःशुल्क मिटर वितरण


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिरणले आर्थिक अवस्था कमजोर भएका(विपन्न वर्ग) लाई नि: शुल्क विद्युत मिटर वितरण गर्न शुरु गरेको छ ।

प्राधिकरणले देशभरका आफ्ना वितरण केन्द्रमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर वितरण गर्न शुरु गरेको हो । सम्बन्धित स्थानीय तहले उपलव्ध गराएको विपन्न वर्गको सिफारिसउका आधारमा प्राधिरणले निशुल्क मिटर जडान गरिदिनेछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले देशभर रहेका वितरण केन्द्रका संजालमार्फत विभिन्न वर्गलाई निशुल्क मिटर वितरण भइरहेको जानकारी दिए ।

‘पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए, निशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुने छ’ घिसिङले भन्नुभयो ‘यस कार्यक्रमले विद्युत्को पहुँच विपन्न वर्गसम्म विस्तार भएको छ ।’

यो व्यवस्था अनुसार ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निशुल्क पाउने छन् । मिटरको एक हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर) सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवा शुल्कसहित नयाँ मिटर जडान गर्दा लाग्ने जम्मा तीन हजार देखि तीन हजार पाँच सय रुपैयाँबराबरको लागत विपन्न वर्गले निशुल्क पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलनमान घिसिङले बताए ।

सरकारले चालु आर्थिक वर्षमा विपन्न वर्गलाई निशुल्क मिटर जडान कार्यक्रम कार्यान्वयन गर्न ४० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरकारले उपलब्ध गराएको रकमलाई प्राधिकरणले आफ्ना ८ वटा क्षेत्रीय कार्यालयलाई ५र५ करोड रुपैयाँ बाँडफाँड गरेको थियो । क्षेत्रीय कार्यालयले प्राप्त रकमलाई विपन्न वर्गको संख्याका आधारमा शाखा कार्यालयलाई बाँडफाँड गरेका छन् ।

प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालयका निर्देशक ओमप्रकाश महतोले निशुल्क मिटर जडान कार्यक्रम प्रभावकारी देखिएको र लक्षित समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भएको बताए । कार्यालयले ३ हजारभन्दा बढी विभिन्न वर्ग घरधुरीमा निशुल्क मिटर जडान गरिसकेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १ : ३९ बजे

म्याग्दीमा नवौँ मुनसन कप सुरु

म्याग्दी– तीज पर्वका अवसरमा नवौँ मुनसन कप फुटबल प्रतियोगिता सुरु

भियतनामका उपराष्ट्रपतिको भ्रमणले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा

-सिबी अधिकारी/रासस उच्च आर्थिक वृद्धिदर भएको मुलुक भियतनाम र विकासशील

रविबारे पूर्वराष्ट्रपतिले बोल्दै नबोलेको कुरा मनिष झाले प्रचार गरिदिएको भंगालको गुनासो

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीले आफूसँग

भोटेकोशीमा बोलेरो खस्दा चालकसहित दुईजना बेपत्ता

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ हिन्दीमा मंगलबार बोलेरो दुर्घटना हुँदा दुईजना

वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण

वीरगञ्ज– वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा