जेलबाट छुटेपछि राजपाल यादव शूटिङमा फर्किए « Khabarhub

जेलबाट छुटेपछि राजपाल यादव शूटिङमा फर्किए


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ऋण नचुकाएको अभियोगमा जेल सजाय काटेर छुटेका बलिउड कलाकार राजपाल यादव पुनः फिल्ममा फर्केका छन् ।

उनले इन्स्टाग्राममा एक पोस्ट गर्दै आफू फिल्ममा काम गर्नका लागि उत्साहित भएको पनि बताएका छन् ।

राजपालले एक तस्वीर शेयर गर्दै इन्स्टामा लेखेका छन्, ‘म छिट्टै नै टाइम टु डान्स फिल्मको शूटिङ सूज पञ्चोली र इसाबेल कैफका साथ शुरु गर्दैछु, फिल्मको शूटिङ विदेशमा भएको छ र यसको केही हिस्साको शूटिङ बाँकी छ, हामी यसलाई सक्छौँ, यो फिल्म पहिले नै शूटिङ हुन्थ्यो, निर्माता र निर्देशकप्रति आभारी छु, जसले मेरो आउने दिनको प्रतीक्षा गरे ।’

राजपालले योसँगै अन्य केही फिल्मको छायांकन पनि सक्नुपर्ने भएको बताएका छन् ।

राजपाललाई दिल्ली उच्च न्यायालयले नोभेम्बर २०१८ मा एक कम्पनीको ऋण नचुकाएको आरोपमा तीन महिनाको जेल सजाय सुनाएको थियो । उनले सन् २०१० मा उक्त कम्पनीसँग पाँच करोड रुपैयाँ ऋण लिएका थिए ।

राजपालले भनेका छन्, ‘मलाई लाग्छ, कानून सबैका लागि बराबर हो, हाम्रो देशको कानूनसँग कोही बच्न सक्दैनन्, यसकारण मैले अदालतको आदेशको पालना गरेँ ।’ अगाडि उनले भने, ‘मैले केही मान्छेमा विश्वास गरेँ, तर उनीहरुले त्यसको गलत फाइदा उठाए, तर म त्यसमा अब केही गर्न चाहन्न, बस् म अगाडि बढ्न चाहन्छु, जिन्दगीमा धेरै कुरा मिल्नेछ ।’

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  १ : ५० बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं