कजाखस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, १३ सैनिकको मृत्यु « Khabarhub

कजाखस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना, १३ सैनिकको मृत्यु


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


अस्ताना– कजाखस्तानमा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा १३ सैनिकको मृत्यु भएको छ ।

कजाखस्तानको दक्षिण पश्चिमी क्षेत्रमा अरल सागर नजिकै रहेको झलागश क्षेत्रमा दुर्घटनाग्रस्त भएको त्यहाँको रक्षामन्त्रालयले जनाएको छ ।

क्यास्पियन सागरको तटमा रहेको अताकु शहरबाट उज्बेकिस्तानको सीमानजिक रहेको श्यामकेन्ट शहरका लागि उडान भरेको हेलिकोप्टर दुर्घटनामा परेको रक्षा मन्त्रालयले जनाएको हो ।

रुसमा निर्मित सोभियतकालिन एमआई ८ हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । सैनिक तालिमका क्रममा उडान भरेको हेलिकोप्टर दुर्घटनामा परेको हो ।

हेलिकोप्टर दुर्घटनामा पर्नुको कारणबारे केही खुलाइएको छैन । हालै राष्ट्रपतिको कार्यभार सम्हालेका कशिम जोमार्त टोकायेभले ट्विट गर्दै दुर्घटनामा हेलिकोप्टरमा सवार सबै १३ सैनिकको ज्यान गएको र

दुर्घटनाको कारणबारे अनुसन्धान गर्न निर्देशन दिएको जनाएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ३ : १२ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने