अराजनीतिक गतिविधि त्याग्नुपर्छ : मुख्यमन्त्री पोख्रेल « Khabarhub

अराजनीतिक गतिविधि त्याग्नुपर्छ : मुख्यमन्त्री पोख्रेल


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ का इञ्चार्ज तथा मुख्यमन्त्री शङ्कर पोखरेलले विगतका क्रान्तिलाई सिरानीमा राखेर नेत्रविक्रम चन्द नेतृत्वको समूहले अराजनीतिक गतिविधि गर्न नमिल्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुलसीपुर उपमहानगर कमिटीको शपथग्रहण तथा कार्यकर्ता भेला कार्यक्रममा उनले विगतका क्रान्तिसँग अहिले सो समूहको अराजनीतिक गतिविधिलाई तुलना गर्न नहुने बताए ।

“२००७ सालमा काङ्ग्रेसले हुकुमी शासन अन्त्य गरी लोकतान्त्रिक अधिकारका लागि हतियार उठाएको थियो, तत्कालीन मालेले पञ्चायती तानाशाहीविरुद्ध झापा आन्दोलनका क्रममा हतियार उठाएको थियो भने तत्कालीन नेकपा माओवादीले राष्ट्रप्रमुख राजा रहने व्यवस्थालाई अन्त्य गरी लोकतान्त्रिक प्रणालीबाट जनताको छोरो राष्ट्रप्रमुख रहने, धर्म निरपेक्ष नेपाल निर्माण गर्ने, निरङ्कुश राजतन्त्र फाल्न हतियार उठाएको थियो,” उनले भने ।

यी क्रान्तिले नै मुलुकले लामो सङ्घर्ष नेपालको संविधान पाएको र मुलुक समृद्धिको मार्गमा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले अहिले चन्द नेतृत्वको समूहले त्यही संविधानका विरुद्ध अराजनीतिक गतिविधि गरिरहेको तर, यस्ता गतिविधिलाई विगतका आन्दोलनसँग तुलना गर्न नमिल्ने बताउनुभयो । विगतमा भएका आन्दोलनले आफ्नो एजेण्डा पूरा गरिसकेकाले अहिले उक्त समूहको आन्दोलनको औचित्य नभएको उनको भनाइ थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ४ : ४४ बजे

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा