लगानी सम्मेलन : द्वन्द्व र प्रकोपको पृष्ठभूमिमा महानिर्माण –मन्त्री बाँस्कोटा « Khabarhub

लगानी सम्मेलन : द्वन्द्व र प्रकोपको पृष्ठभूमिमा महानिर्माण –मन्त्री बाँस्कोटा


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सरकाले ‘समृद्ध नेपाल सुखी नेपाली’ नारालाई टेवा पुर्‍याउने लक्ष्यसहित लगानी सम्मेलनको आयोजना गरेको स्पष्ट पारेका छन् ।

मन्त्रीपरिषद्का निर्णय बारे जानकारी दिन विहीबार मन्त्रालयमा  आयोजना गरिएको कार्यक्रममा मन्त्री बाँस्कोटाले द्वन्द्व र प्रकोपको पृष्ठभूमिमा अब संरचना सुधारको प्रयत्न जारी राख्नुपर्ने र यसको उपयुक्त वातावरण नै यही भएका कारण लगानी सम्मेलनको आयोजना गरिएको बताएका हुन् ।

सम्मेलनमा सरकार, निजी र विदेशी लगानीकर्ताको त्रीपक्षीय साझेदारीले मुलुकमा लगानीको वातावरण सुनिश्चित हुने उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले सम्मेलनमा ६ सय भन्दा बढी विदेशी लगानीकर्ता आउने विश्वास राख्दै त्यतिनै संख्यामा एनआरएन र स्वदेशी लगानीकर्ताको उपस्थिति रहेने विश्वास रोखे ।

४० देशका लगानीकर्ता आउने सुनिश्चितिता भइसकेको जानकारी दिँदै मन्त्री बाँस्कोटाले अब अर्थतन्त्रमा आत्मनिर्भर हुनुपर्ने बताए । सम्मेलनमा १२ देखि १५ वटा विभिन्न समझदारी पत्रमा हस्ताक्षेर हुने समेत जानकारी दिए ।

सम्मेलनलाई लक्षित गरी लगानीसम्बन्धी ऐन संशोधन, पुनर्निमार्ण गरिसकिएको जानकारी दिँदै नेपालमा लामो राजनीतिक संक्रमण र राजनीतिक संघर्ष पश्चात स्थापना भएको गणतन्त्रमा अब महानिर्माणको अभियानमा सामेल हुनु जरुरी रहेको उल्लेख गरे ।

उनले भने ‘ नेपालमा लगानीको वातावरण छ, लगानीकर्ताहरुको लगानी सुरिक्षत, लाभ तथा सुरक्षा र भौतिक सुरक्षा अब हामीले गर्नपर्छ, हामी परनिर्भर हुन चाहानौं, एक्लै केही गर्न सक्दैनौं, त्यसैले सवैको साथ र सहयोग  अपरिहार्य रहन्छ ।’

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ४ : ५१ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच