विराट कोहलीको बैंङ्लोरलाई रोहित शर्माको मुम्बईले घरेलु मैदानमा रोक्ला ? « Khabarhub

विराट कोहलीको बैंङ्लोरलाई रोहित शर्माको मुम्बईले घरेलु मैदानमा रोक्ला ?


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेटका दुई हस्ती कप्तान विराट कोहली र रोहित शर्माले नेतृत्व गरेका टोली रोयल च्यालेन्जर्स बैंङ्लोर तथा मुम्बई इन्यिडन्सबीचको खेल हुँदैछ । एम चिन्नास्वामी रंगशालामा हुने खेलमा घरेलु टोलीलाई मुम्बई चुनौती दिँदैछ ।

एक—एक खेल खेलेका बैंङ्लोर र मुम्बई दुबै पहिलो खेलमा पराजित भएका थिए । आफ्नो दोस्रो खेलमा बैंङ्लोर र मुम्बई एकअर्कामाथि जीत निकाल्ने लक्ष्यमा रहेका छन् ।

कप्तान कोहली र अर्का कप्तान शर्मा भारतीय क्रिकेटमा जतिचर्चामा छन् त्यति नै बढी अन्तर्राष्ट्रिय क्रिकेटमा पनि । भारतबाट टि—ट्वान्टी क्रिकेटमा सर्वाधिक रन बनाउनेमा रोहित शर्मा शीर्ष स्थानमा छन् भने कोहली दोस्रो स्थानमा रहेका छन् ।

विश्व चर्चित दुई खेलाडीले नेतृत्व गरिरहेका बैंङ्लोर र मुम्बईबीचको खेल रोमाञ्चक हुने अनुमान लगाइएको छ । मुम्बई आईपीएलको सफल टोलीमध्येमा पर्दछ भने बैंङ्लोर तीन पटक फाइनल प्रवेश गरेपनि उपाधि उचाल्न सकेको छैन् ।

रोहित शर्माको टोली मुम्बईले सन् २०१३, २०१५ र २०१७ मा गरी तीन सिजनको आईपीएल उपाधि उचालीसकेको छ भने कोहलीको नेतृत्वमा रहेको बैंङ्लोर सन् २०१६, २०११ र २००९ मा फाइनल प्रवेश गरेपनि उपविजेतामै सीमित बनेको हो ।

बैंङ्लोरमा हुने खेलमा मुम्बईले घरेलु दर्शकमाझ आईपीएलमा आफ्नो पहिलो जीत निकाल्ने योजना सहित मैदान उत्रिने छ भने पहिलो खेलमा कमजोर ब्याटिङ गरेको बैंङ्लोर आफ्ना प्रसंशकलाई खुसी पार्ने योजनाका साथ मैदान उत्रिनेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ०० बजे

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा