अमेरिका र नेपालबीच राजनीतिक तहको संवाद गर्ने समझदारी भयो– प्रचण्ड « Khabarhub

अमेरिका र नेपालबीच राजनीतिक तहको संवाद गर्ने समझदारी भयो– प्रचण्ड


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब अमेरिका र नेपालबीच उच्च राजनीतिक तहमाम भेटवार्ता र छलफलका लागि वातावरण बनेका बताएका छन् ।

पत्नी सीताको उपचार गराएर अमेरिकाबाट स्वदेश फर्किएका प्रचण्डले विहीबार विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अमेरिका र नेपालबीच उच्च राजनीतिक तहको संवाद गर्ने सझदारी बनेको बताए ।

अमेरिकी विदेशमन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी व्यूरोकी उपसहायक विदेशमन्त्री अलिस जी वेल्ससँग भेटवार्ताका क्रममा यस्तो समझदारी बनेको प्रचण्डको भनाइ छ ।

अमेरिकामा नेपाली मूलका प्रोफेसर, व्यवसायी, वैज्ञानिकहरुको उत्साहजनक सहभागितामा छलफल भएको जानकारी दिए ।

उनले भने ‘केही त्यस्ता नेपाली रहेछन् जसले देशकै अपमान हुने व्यवहार देखाए, उनीहरु आफूलाई अमेरिकाको रैथाने ठान्दा रहेछन् तर अमेरिकाले जारी गरेको नो इन्भेस्टिगेशन सर्कुलरले उनीहरुको व्यवहारको प्रतिवाद भयो ।’

पत्नी सीताको उपचार विषयमा बोल्दै अध्यक्ष प्रचण्डले जर्ज टाउन हस्पिटलमा जचाइएको र त्यहाँ पनि सिंगापुरकै जस्तो डाइगानोसिस देखिएको जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ५ : ४८ बजे

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको

खोकनामा सिकाली जात्रा, आफ्नै मौलिक परम्परामा रमाउँदै स्थानीय

काठमाडौं– नेपालीहरूको प्रमुख चाड दसैँ देशभर मनाइरहँदा काठमाडौंको खोकनामा भने