वैदेशिक रोजगारीबाट फर्किएका साढे १८ हजार युवा १०/१० लाख सहुलियत ऋणका लागि सूचीकृत « Khabarhub

वैदेशिक रोजगारीबाट फर्किएका साढे १८ हजार युवा १०/१० लाख सहुलियत ऋणका लागि सूचीकृत


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीबाट फर्किएर सहुलियतपूर्ण कर्जाका लागि आवेदन दिएका साढे १८ हजार युवा सूचिकृत भएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै उनीहरूको सीप र ज्ञान पहिचान गरी सरकारले १० लाख सहुलियत ऋण दिने चालु आर्थिक बर्षमा योजना ल्याएको थियो ।

सोही अनुसार वैदेशिक रोजगार पवद्र्धन बोर्डले गत पुस महिनामा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान’का लागि आवेदन लिएको थियो । बोर्डमा करिब २१ हजार वैदेशिक रोजगारीबाट फर्किएका युवाले आवदेन दिएका थिए ।

ती मध्ये ८ सय १९ महिलासहित १८ हजार ७ सय ६६ जना युवा अनुदानका लागि सूचीकृत गरि अनुदानका लागि सिफारिस भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको बोर्डले जानकारी दिएको छ ।

सूचीकृत भएका युवालाई श्रम मन्त्रालयले बैंकलाई अनुदानका लागि सिफारिश गर्ने प्रक्रिया अघि बढाउने वोर्डका कार्याकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

सरकारले गत कात्तिक महिनामा स्वीकृत भएको ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कायवधि, २०७५’ अनुसार स्वदेश फर्किएका आप्रवासी कामदारले बढीमा १० लाख रुपैयाँ कर्जा दिने योजना अघि सारेको थियो ।

अर्थ मन्त्रालयले प्रमाणपत्र धितोमा शैक्षिक कर्जा लगायतका अन्य ६ प्रकारका सहुलियतपूर्ण कर्जा उद्यमी बन्न ऋण दिने योजना गत कात्तिक महिनामा मन्त्रिपरिषद् बैठकबाट पारित भएको थियो ।

कार्यविधिमा समाविष्ट विविध कर्जामध्ये यो परियोजना कर्जा हो, जसले विदेशमा कम्तीमा ६ महिना बसेको र स्वदेश फर्केको तीन वर्ष ननाघेकालाई योग्य मानि ऋण दिने व्यवस्था छ ।

सूचीकृत भएका युवाले स्थानीय हतका बैंकबाट पनि कर्जा लिन सक्ने बोर्डले जानकारी दिएको छ । कर्जा वितरणका काम चालु आर्थिक वर्षभित्र नै शुरु गरिने बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  १० : ३६ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप