कांग्रेसले भन्यो – प्रधानमन्त्रीको टिप्पणी ‘आमाको अगाडि मावलको बयान’ ! « Khabarhub

कांग्रेसले भन्यो – प्रधानमन्त्रीको टिप्पणी ‘आमाको अगाडि मावलको बयान’ !


१४ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले कांग्रेस प्रति गरेको टिप्पणीलाई पदीय गरिमाको उचाई अनुरुप नभएको दुःखद र हलुका अभिव्यक्तिका रुपमा लिएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा ओलीले कांग्रेसलाई नै लोकतन्त्रको पाठ सुनाउने खोजेको टिप्पणी गरेको छ ।

विज्ञप्तिमा एकदलीय अधिनायकवादको कम्युनिष्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वार्ध विताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिड्नु पर्ने परिस्थिति कठिन रहेको मनस्थिति बुझेको भन्दै कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने काम ‘आमाका अघि मावलको बयान’ भनेको छ ।

प्रधानमन्त्री ओलीले आज भएको नेकपाको प्रदेश नम्बर तीनको बैठकलाई उद्घाटन गर्दै कांग्रेसलाई देखेर आफूलाइ दया लागेको टिप्पणी गरेका थिए । उनले विप्लव समूहलाई कांग्रेसले समर्थन गरेको भन्दै आफूलाई लोकतन्त्रवादी भन्नेले विप्लव समूहलाई समर्थन गर्नु दुःखद् भएको बताएका थिए ।

प्रधानमन्त्रीको जवाफमा कांग्रेसले यस्तो विज्ञप्ति जारी गरेको हो । कांग्रेसले नागरिक जीवनलाई सुरक्षा प्रदान गर्नु राज्यको दायित्व भएपनि विप्लवमाथि लगाइएको प्रतिबन्धले समाधानमा पुग्न नसकिने आफ्नो धारणाप्रति अडिग रहेको समेत बताएको छ ।

उसले वार्ताबाट विप्लव समूहका माग सम्बोधन गरी समस्या समाधान गर्न सरकारसँग फेरी आग्रह समेत गरेको छ । कांग्रेसले हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई समेत अपिल गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहीबार  ७ : २१ बजे

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आइतबार बस्दैछ ।

पाकिस्तानको उत्तर–पश्चिममा आतंकवादविरुद्धको कारबाहीमा ६ आतंककारी मारिए

एजेन्सी– पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तूनख्वामा आतंकवादविरुद्ध गरिएको गुप्तचर सूचनामा

लेबनानमा बढ्दो मानवीय संकटप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका वरिष्ठ अधिकारीहरूले लेबनानमा इजरायली बमबारीबाट प्रभावित मानिसहरूका

‘विजयसाल सामुदायिक घरवास’मा पाहुनाको आकर्षण

कञ्चनपुर–  कृष्णपुर नगरपालिका–२ वाणीस्थित मुक्तकमैया बस्ती अहिले ग्रामीण पर्यटनको आकर्षक

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन