माल्टाको जलक्षेत्रमा अपहरणमा परेको ट्यांकर मुक्त « Khabarhub

माल्टाको जलक्षेत्रमा अपहरणमा परेको ट्यांकर मुक्त


१४ चैत्र २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भलेटा– भूमध्यसागरमा रहेको टापु मुलुक माल्टाको फौजले आप्रवासीले अपहरण गरेको मालवाहक ट्यांकर मुक्त गरेको छ । लिबियाको तट पारीबाट अपहरणमा परेको ट्याङ्करलाई माल्टाको सेनाले नियन्त्रणमा लिएर भलेटाको बन्दरगाह पुर्‍याएको हो ।

लिबियाको तटपारी अलपत्र परेका आप्रवासीको उद्धार गर्न पुगेको ट्याङ्करलाई आप्रवासीले अपहरण गरेका थिए । अलपत्र परेका उनीहरुले आफूलाई लिबिया नै फिर्ता गर्न लागिएको चाल पाएर ट्यांकर अपहरण गरेका थिए ।

ट्याङ्करमा १ सय ८ आप्रवासी रहेको बताइएको छ । माल्टाका प्रहरीले अपहरणमा संलग्न भनिएका ४ जनालाई पक्राउ गरेको छ भने अन्य आप्रवासीलाई ट्याङ्करबाट उतारेर बसमा चढाएर अन्यत्र पठाएको जनाइएको छ ।

लिबियाबाट माल्टाको जलक्षेत्रमा आएका ट्याङ्करलाई माल्टाको जलसेनाले रोक्ने प्रयास गरेको थियो । तर, ट्याङ्करका क्याप्टेनले ट्यांकर आफ्नो नियन्त्रणमा नरहेको र आप्रवासीहरुले आफूलाई धम्की दिइरहेको बताएपछि माल्टाको सेनाले कारवाही गरी ट्यांकर आफ्नो नियन्त्रणमा लिएर राजधानी भलेटाको बन्दरगाह पुर्‍याएको थियो ।

 

प्रकाशित मिति : १४ चैत्र २०७५, बिहिबार  ८ : ०२ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर