हुम्लामा स्वाइन फ्लूको आशंका, ज्यान गुमाउनेको संख्या ९ पुग्यो « Khabarhub

हुम्लामा स्वाइन फ्लूको आशंका, ज्यान गुमाउनेको संख्या ९ पुग्यो


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हुम्लाको ताँजाकोट गाउँपालिकामा फैलिएको रुघाखोकीसहितको महामारीबाट ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

सदरमुकाम सिमिकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन । पैदल जान तीन दिन लाग्छ । त्यसैले पनि सकारले डाक्टर र औषधि पठाउन सकेको छैन । औषधि अभावमा विमारीहरुको विचल्ली भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैसीले बताए ।

२६ चैत यता हुम्लाको ताँजाकोट गाउँपालिका–२ जिमाना गाउँमा महामारी फैलिएको हो । हालसम्म ज्यान गुमाउनेको संख्या ९ पुगेको र २ सय भन्दा बढी विरामी रहको ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्लले बताए ।

उनले भने, ‘बरामीमा ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने लक्षण देखिएको छ ।’

बिरामीमा रुगाखोकीको लक्षण देखिए पनि परीक्षण नभएकाले रोग के हो भन्ने समेत पहिचान हुन सकेको छैन ।

फोनबाट लिएको जानकारीका आधारमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण मशाखाखाले ‘स्वाइन फ्लु’ फैलिएको हुनसक्ने अनुमान गरेको छ । महामारीबाट ज्यान गुमाउनेमा अधिकांश बालबालिका र बृद्धबृद्धा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ४८ बजे

बागमती प्रदेश सरकारको आठ महिनाको खर्च १७ प्रतिशत

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२-८३ को आठ

कालोपट्टी बाँधेर सडकमा जेन-जी : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी