‘मे दिवसले मात्र श्रमिकका समस्या हल हुँदैनन्’ « Khabarhub

‘मे दिवसले मात्र श्रमिकका समस्या हल हुँदैनन्’


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले वार्षिक रुपमा श्रमिक दिवस मनाएर मात्र श्रममैत्री समाज नबन्ने धारण राखेका छन् ।

आइतबार मे दिवसको अवसरमा श्रम तथा व्यवसायजन्य विभागले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले वार्षिक रुपमा मे दिवस मनाउदाँ श्रमिकको हकहितका लागि कति प्रतिशत काम भयो भनेर देखाउन पर्ने बताए ।

अहिले सरकारले देशभित्र श्रम बजारमा रहेको बेथिति अन्त्य गदै रोजगारीका अवसर निर्माण लागि परेर काम गरिरहेको मन्त्री विष्टले बताए । उनले भने, ‘अगाडी रहेका विद्यार्थीलाई देखाउदै भन्ने विदेश जानका लागि अध्ययन नगर्नु होस देशभित्र केही गर्छु भनेर पढनु होस तँपाईहरुलाई रोजगारी दिलाउन ग्यारेन्टी सरकारले गर्छ । म मन्त्री भएपछि कसैको दवाव र कुरा नसुनी श्रमिकमैत्री समाज बनाउन काम गरिरहेको छु । जसमा सबैले सहयोग गर्नु हुन्छ भनेर विश्वास गदै छु ।’ सरकारले रोजगारी मात्र होइन युवालाई उद्यमी पनि बनाउन नीति लिएरहेको उनको भनाई छ ।

देशमा रोजगारी र श्रमिकलाई व्यवस्थीत गर्ने श्रम र स्वास्थ्यसम्बन्धी राष्ट्रिय नीति ल्याउने तयारीमा रहेको कार्याक्रममा बोल्दै श्रम सचिव महेश दाहालले बताएका छन् । यस्तै, जिफन्टका अध्यक्ष विनोद श्रेष्टले ट्रेड युनियन पनि श्रमिकका हकहितका लागि लडिरहेको बताए ।

सरकारले श्रमिकका समस्यालाई चासो दिएर काम नगरेको उनको आरोप थियो । रोजगारदाता कम्पनी श्रमिकलाई व्यवस्थीत कसरी काम लगाउने र श्रमिकलाई प्रविधिक युक्त बनाउने भने पक्षमा रहेको रोजगारदाता संघका प्रतिनिधि मोहन कटुवालले बताए ।

विभागले काम सुरक्षा र स्वास्थ्य श्रमिकका लागि भने नाराका मे दिवस मनाइएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ०० बजे

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप

तिला लघुजलविद्युत् आयोजनाका उपकरण अलपत्र

जुम्ला– जिल्लाको तिला गाउँपालिका-२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका

चीनद्वारा नयाँ सञ्चार प्रविधि उपग्रह प्रक्षेपण

बेइजिङ- चीनले शनिबार दक्षिण चीनको हाइनान प्रान्तस्थित वेन्चाङ अन्तरिक्ष प्रक्षेपण

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका