प्रेसले साथ नदिएको भए म यहाँ हुने थिइँन–प्रचण्ड | Khabarhub Khabarhub

प्रेसले साथ नदिएको भए म यहाँ हुने थिइँन–प्रचण्ड


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रेसकै सहयोगका कारण आफू अहिले यो स्थानमा आएको बताएका छन् । प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष प्रचण्डले प्रेस स्वतन्त्रताका विषयमा आफू गम्भीर भएको बताए ।

ज्ञापनपत्र बुझ्दै प्रचण्डले भने, ‘राजनीतिक नेतृत्व र सरकारको पनि ध्यान केन्द्रित गर्न खोज्नुभएको छ । त्यसका लागि महासंघलाई धन्यवाद दिन्छु । तपाईंहरुको गम्भीर मागलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ । प्रेस स्वतन्त्रताका लागि सरकारले लिनुपर्ने दायित्वका विषयमा मेहनत गरेर ध्यानाकर्षण पत्र तयार पार्नुभएको मैले पाएँ ।’

देशको परिवर्तनका लागि सञ्चार क्षेत्रले पुर्‍याएको योगदान महत्वपूर्ण रहेको भन्दै प्रचण्डले आफूहरु भूमिगत हुँदा पनि आफ्ना मुद्दा जनतासमक्ष पुर्‍याउन सञ्चार जगतले ठूलो सहयोग गरेको बताए । उनले भने, ‘सञ्चार जगतको सहयोगकै कारण म यो ठाउँमा छु । यदी मलाई मिडियाले साथ नदिएको भए यो ठाउँमा हुने थिइँन ।’

शान्ति, परिवर्तन र सुशासनको पक्षमा प्रेसले खेलेको भूमिकाका विषयमा आफू धेरै जानकार रहेको भन्दै प्रचण्डले प्रेस स्वतन्त्रताका लागि आफूले सक्दो भूमिका खेल्ने बताए ।

‘अहिले हामी नयाँ ठाउँमा छौं । बलियो सरकार बनेको छ । जेलनेल सबै भोगेकाहरुकै नेतृत्वमा सरकार छ । हामीहरुले पनि विभिन्न हन्डर ठक्कर खाएर प्रेसलाई गुहार्ने गरेका छौं । त्यसैले पनि प्रेस स्वतन्त्रताको मुद्दा हामी सबैको हो,’ प्रचण्डले भने ।

संविधान मस्यौदा गर्दा अलिबढी प्रेस स्वतन्त्रताको पक्षमा नै छलफल भएको भन्दै प्रचण्डले अहिले कानुन बनाउने विषयमा र नयाँ कानुन संसदमा पेस गर्ने विषयमा सरोकारवाला निकायसँग छलफल भएन भन्ने सञ्चारकर्मीको गुनासोलाई पुनः छलफल गर्ने पनि प्रचण्डले बताए ।

उनले भने, ‘तपाईंहरुले सञ्चारमन्त्रीलाई भन्नुभएको छ । मसँग कुराकानी भयो । मिलेसम्म प्रधानमन्त्रीलाई पनि भेट्नुहोस् । म आफैं पनि सरकारसँग पार्टीसँग गम्भीर भएर कुराकानी गर्नेछु ।’

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : २८ बजे

‘चेक बाउन्स’मा जेल, बैंकको झेल ?

काठमाडौं– नेपाल राष्ट्र बैंकका अनुसार अहिले करिब १ लाख ८

बैंकहरू ‘साइलक’ को नयाँ संस्करण नबनून्

बैंकिङ क्षेत्रबारे मेरो धेरै ज्ञान नभएको हुनाले एउटा नागरिकको नातामा

गाडीले किचेर सशस्त्र प्रहरी निरीक्षक तुलाधरको मृत्यु

काठमाडौं– सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको

७४ हजार जनशक्ति दीक्षित : न अर्निङ, न लर्निङ

नेपालमा थुप्रै विश्वविद्यालय अहिले पनि छन्, सबै चलिराखेका छन्। विद्यार्थीहरू

१८ वर्षपछि सडक कालोपत्र गरिँदै

बागलुङ– बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको