साउदीमा अलपत्र परेकी महिलाको ८ महिनापछि उद्धार « Khabarhub

साउदीमा अलपत्र परेकी महिलाको ८ महिनापछि उद्धार


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आठ महिनादेखि साउदी अरबमा अलपत्र अवस्थामा रहेकी एक महिलाको उद्धार गरी स्वदेश फकाइएको छ । नेपाली भाषी पश्चिम बंगालस्थित अलिपुरकी ती महिलाको हेल्प नेपाली मिसन र आङ कामी शेर्पा अगुवाइमा उद्धार गरी स्वदेश फकाइएको हो । उनका नाम भने खुलाइएको छैन ।

आठ महिनासम्म अलपत्र ती महिला कहिले नेपाली दुतावास र कहिले साउदीमा रहको भारतीय दूतावासमा उद्धारका लागि धाउने गरेपनि उनको पहिचान नखुलेपछि मिसनले उद्धार गरी घरपरिवारलाई जिम्मा लगाएको छ ।

भारतीय नागरिक भएपनि दलाल पञ्चु लामाले स्याङ्जाकी सिमा सुबेदीको राहदानी बनाएर उनलाई साउदी पठाएको थिए ।

नक्कली कागजात भएका कारण साउदीबाट ती महिलालाई कसले उद्धार गर्ने भन्ने समस्या थिइ । त्यसपछि दुबै देशका दूतावासको सहयोगमा उद्धार गरिएको मिसनका अध्यक्ष कवि कार्कीले जानकारी दिए । यो विषयमा दुबै देशका दूतवासले अनुसन्धानका लागि सम्बन्धित निकायलाई पत्रचार गरेको उनको भनाई छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : ५२ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा