वैज्ञानिकहरुले बनाए हावा भन्दा पनि हलुका हवाई जहाज, धेरै उचाइमा उडान भर्न सक्ने « Khabarhub

वैज्ञानिकहरुले बनाए हावा भन्दा पनि हलुका हवाई जहाज, धेरै उचाइमा उडान भर्न सक्ने


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्कटल्याण्डका वैज्ञानिकहरुले बेलुन जस्तो देखिने हावा भन्दा पनि हलुका हवाई जहाज बनाएका छन् ।

हावा भन्दा हलुका उक्त जहाजको हालै पहिलो पटक परीक्षण उडान समेत भएको छ । परीक्षणका क्रममा जहाजले १ सय २० मिटरको दूरी पार गरेको थियो ।

वैज्ञानिकहरुले जहाजमा हिलियम ग्यासको प्रयोग गरिएको बताएका छन् । जसका कारण जहाजको भित्री भाग बेलुनको जस्तो भएको बताइएको छ । हिलियम ग्यासका कारण हावा भन्दा पनि हलुका हुनका साथै यो जहाजले आकाशमा निक्कै माथिसम्मको उडान भर्न सक्ने वैज्ञानिकहरुको विश्वास छ ।

पानी मुनि चल्ने पानीजहाजमा प्रयोग गरिएको जस्तै यो हवाई जहाजमा बायोन्सी प्रोपल्शन प्रविधिको प्रयोग गरिएको छ । जसले जहाजलाई लगातार रुपमा अगाडि बढ्न सहयोग गर्ने छ । वैज्ञानिकहरुले यो जहाजको नाम फिनिक्स राखेका छन् ।

यो जहाजमा अहिले सञ्चालनमा रहेका हवाई जहाजहरुमा जस्तो इन्जिनको प्रयोग गरिएको छैन । यद्यपि, यो जहाज लामो सयमसम्म उडान भर्न सक्ने र यसलाई अन्तरिक्षमा स्याटेलाइट प्रक्षेपणका लागि सबै भन्दा सस्तो विकल्पका रुपमा प्रयोग गर्न सकिने वैज्ञानिकहरुको दावी रहेको छ ।
यो जहाजमा एउटा ब्याग पनि प्रयोग गरिएको छ । जसको प्रयोग जहाजलाई जमिनमा अवतरण गराउन प्रयोग गरिने छ । उक्त ब्यागलाई खोलेपछि ब्यागमा हावा भरिने छ, हावा भरिएपछि बिस्तारै वजन बढ्न गई जहाज जमिनमा उत्रने छ ।

यो जहाजको लम्बाई १५ मिटर, पंखाको चौडाई १०.५ मिटर तथा तौल १२० किलो रहेको छ । वैज्ञानिकहरुलाई यो जहाज निर्माण तथा अनुसन्धानका लागि ३ वर्ष समय लागेको थियो । जहाज निर्माण गर्ने कम्पनीहरुसँग मिलेर यो जहाजलाई थप परिस्कृत र विकसित बनाउने वैज्ञानिकहरुको योजना रहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १२ : २१ बजे

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी