दिल्लीको खेल आज, सन्दीप मैदान उत्रिने सम्भावना « Khabarhub

दिल्लीको खेल आज, सन्दीप मैदान उत्रिने सम्भावना


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सले आज रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दैछ । दिल्लीको घरेलु फिरोज शाह कोट्ला मैदामा हुने खेलमा दिल्ली आठौं जीत निकाल्दै शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ ।

अहिलेसम्मका ११ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित तेस्रो स्थानमा रहेको छ भने, पहिलो नम्बरमा चेन्नई सुपर किङ्स १६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने मुम्बई इन्डियन्स् समान १४ अंकसहित नेट रनरेटका आधारमा दिल्लीभन्दा अगाडि रहेको छ ।

 

आईपीएल इतिहासमै पहिलो पटक दिल्ली प्लेअफको नजिक पुगेको छ । युवा खेलाडीको भरमा चलिरहेको दिल्ली उत्कृष्ट लयमा रहेको छ भने शुरुवातमा कमजोर प्रदर्शन गरेर कम व्याक गरेको बैंग्लमेर दिल्लीलाई रोक्दै आफ्नो स्तर सुधामा लाग्नेछ ।

 

अहिलेसम्म ४ खेलमात्रै जितेको बैंग्लोर ८ अंकसहित पुछारमा रहेको छ । पछिल्ला ४ खेलमा आक्रामक देखिएका बैंग्लोरका कप्तान कोहलीलाई रोक्नु दिल्लीका लागि मुख्य चुनौति हुनेछ ।

तर, पनि ब्याटिङमा राम्रो लय देखाएको दिल्लीका खेलाडीहरुले राम्रो प्रदर्शन देखाउन सके घरेलु मैदानमा जीत निकाल्दै शीर्ष स्थानमा उक्लिने सम्भावना रहेको छ ।

यता दिल्लीबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले ५ खेलमा ९ विकेट बनाएका छन् । सन्दीपले खेलेका प्रत्येक खेलमा विकेट लिए पनि उनले आफ्नो रन नियन्त्रण गर्न सकेका छैनन् । उनले रन नियन्त्रण गर्न नसक्दा दिल्लीबाट ५ खेलमात्रै खेल्ने अवसर पाएका छन् । उनले आजको खेल खेल्न सक्ने सम्भावना रहेको छ ।

पछिल्लो खेलमा उनले किङ्स ११ पञ्जावविरुद्ध ३ विकेट लिएका थिए । जसमा उनी स्टाइलिस खेलाडी पनि बनेका थिए ।

दिल्लीको सम्भावीत टोली

पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १ : ५७ बजे

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु

यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा अनुष्का र अभिनाश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं– पोखरामा जारी यू–२० राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपमा गण्डकीकी अनुष्का अधिकारी

 तीन वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

सुरुङ्गा– झापाको बुद्धशान्ति गाउँपालिका–३ स्थित मेची राजमार्ग सडकखण्डमा तीन वटा

लागूऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन

भरतपुर– गृहमन्त्री सुधन गुरुङले लागूऔषधलगायत आपराधिक क्रियाकलाप नियन्त्रणका लागि निर्मम