एसीसी यू–१६ को उपाधि नेपाललाई « Khabarhub

एसीसी यू–१६ को उपाधि नेपाललाई


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१६ पूर्वी एसियाली क्षेत्रको क्रिकेट प्रतियोगितामा मलेसियालाई पराजित गर्दै नेपाली युवा टोलीले उपाधि हात पारेको छ ।

म्यानमारको प्रेम तिनसुनलेनान्दा इन्टरनेसनल स्कूलको मैदानमा भएको फाइनलमा मलेसियालाई ५९ रनले पराजित गर्दै नेपाल दोस्रोपटक च्याम्पियन बनेको हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको मलेसियाले ३४.५ ओभरमा सबै विकेट गुमाउँदा ८१ रन मात्रै बनाउन सक्यो ।

८१ रन बनाएको मलेसियाका लागि मोहम्मद हाजिक इमानले १८ रन र वान मोहम्मद अजामले १६ रन बनाउनु बोहक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मलेसियाविरुद्ध नेपाली बलर हावी भएका थिए । जसमा नेपालका विशाल कुमार पटेल एक्लैले ४ विकेट लिएका थिए । उनले ७ ओभर बलिङ गर्दै १८ रन खर्चेर ४ विकेट लिए । यस्तै, निखिल कुमार सिंह र क्रृष कार्कीले समान एक–एक विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको नेपालले ३५ ओभर पुरा खेल्दै ९ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । नेपालका लागि प्रशान्त महतले उत्कृष्ट ब्याटिङ गरे । उनले ६७ बलको सामना गर्दै ४० रन बनाएका थिए । दिपक बोहराले २३ रन बनाउँदा विशाल विक्रम केसीले १७ र निखिल कुमार सिंहले १३ रन बनाए ।

नेपालविरुद्ध मलेसियाका सचिनु हेतिग्गेले ३ विकेट तथा जिनेन्द्र मुर्यालले २ विकेट लिएका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  २ : ५० बजे

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा

अहिले जित्न नसके १६ औँ महाधिवेशनमा जितेर देखाउँछु : राठौर

काठमाडौं– नेपाली कांग्रेसका नेता किशोर सिंह राठौर निर्वाचन आयोग र सर्वोच्चले

गाजा युद्धसँगै गहिरिँदो इजरायली सुरक्षा संकट

एजेन्सी– गाजामा भएको ठूलो विनाशलाई विश्वका धेरै मानिसले मानवीय त्रासदीका