बैंग्लोरविरुद्ध सन्दीप मैदानमा, प्रदर्शन कस्तो रहला ? « Khabarhub

बैंग्लोरविरुद्ध सन्दीप मैदानमा, प्रदर्शन कस्तो रहला ?


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सले आज रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दैछ । दिल्लीको घरेलु फिरोज शाह कोट्ला मैदामा हुने खेलमा दिल्लीको टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि अटाएका छन् ।

योसँगै सन्दीप दिल्लीबाट छैठौं खेल खेल्दैछन् । सन्दीपको टोली  दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ ।

अहिलेसम्मका ११ खेलमा ७ खेल जितेको दिल्ली १४ अंकसहित शीर्ष तेस्रो स्थानमा रहेको छ भने,  चेन्नई सुपर किङ्स १६ अंकसहित शीर्ष स्थानमा रहेको छ भने मुम्बई इन्डियन्स समान १४ अंकसहित नेट रनरेटका आधारमा दिल्लीभन्दा अगाडि रहेको छ ।

आईपीएल इतिहासमै पहिलो पटक दिल्ली प्लेअफको नजिक पुगेको छ । युवा खेलाडीको भरमा चलिरहेको दिल्ली उत्कृष्ट लयमा छ भने शुरुवातमा कमजोर प्रदर्शन गरेर कम व्याक गरेको बैंग्लमेर दिल्लीलाई रोक्दै आफ्नो स्तर सुधामा गर्ने लक्ष्यमा रहनेछ ।

पछिल्लो खेलमा सन्दीपले किङ्स ११ पञ्जावविरुद्ध ३ विकेट लिएका थिए । जसमा उनी स्टाइलिस खेलाडी पनि बनेका थिए ।

दिल्लीको टोली
पृथ्वी श्वा, श्रयस अयर (कप्तान), रिसभ पन्त, शिखर धवन, कागिसो रबाडा, कोलिन इन्ग्राम, शेरफाने रुथफोर्ड, अक्जर पटेल, अमित मिश्रा, इसान्त शर्मा, सन्दीप लामिछाने

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ३ : ५३ बजे

पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना

काठमाडाैं – बङ्गलादेशले आइतबार भारतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई नयाँ दिल्लीमा

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको