इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना « Khabarhub

इलामको पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– गृहमन्त्री रामबहादुर थापाले पर्यटकीय क्षेत्रको प्रवर्द्धन गरी देश समृद्ध बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् ।

भारतसँग सीमा जोडिएको इलामको पशुपतिनगर सीमा नाकामा स्थापना भएको अध्यागमन कार्यालयको उद्घाटन गर्दै उनले हिमश्रङ्खला, नदी खोला, ताल र प्रकृतिमा रम्न आउने पर्यटकलाई सजिलोका लागि संरचना थप्ने काम भइरहेको बताए ।

उनले विश्वका धेरै देश पर्यटनकै माध्यमबाट धनी भएकाले सरकारले नेपालमा धेरै पर्यटक भित्र्याउन सीमा क्षेत्रमा आवश्यक संरचना तयार गरिरेहेको जानकारी दिए ।

भारतको पश्चिम बंगालस्थित दार्जिलिङ्ग आउने तेस्रो मुलुकका पर्यटकलाई लक्षित गरी पशुपतिनगरमा अध्यागमन कार्यालय स्थापना गरिएको उल्लेख गर्दै उनले भारत सरकारलाई पनि आफ्नो क्षेत्रमा कार्यालय खोल्नका लागि कुटनीतिक पहल गरिएको बताए ।

कार्यक्रममा अध्यागमन कार्यालयका महानिर्देशक ईश्वरीप्रसाद पौडेलले सरकारले ल्याएको पर्यटन वर्ष–२०२० को लक्ष्य गरी अध्यागमन कार्यालय स्थापना गरिएको जानकारी गराए ।

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले प्रदेश सरकारले पर्यटकीय नगर घोषणा गरेको अध्यागन स्थापनापछि भुटान, बङ्गलादेशका पर्यटकलाई सेवा पुग्ने बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ०३ बजे

बूढीगण्डकी बाढीले ६ वटा पुल बगे, १० जना सम्पर्कविहीन

गोरखा– बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा

बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री बालेन शाहले बुढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट ६ जनाको

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै