हिरो लिग खेल्न सावित्रा र अनिता सोमबार भारत जाँदै   | Khabarhub Khabarhub

हिरो लिग खेल्न सावित्रा र अनिता सोमबार भारत जाँदै  


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – हिरो इन्डियन वुमन्स लिग खेल्न जान लागेका दुई नेपाली महिला खेलाडीको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाई गरेको छ ।
आइतबार एन्फा भवन सातदोवाटोमा कार्यक्रम आयोजना गरि नेपाली राष्ट्रिय महिला टोलीका खेलाडी सावित्रा भण्डारी र अनिता बस्नेतको बिदाई गरेको हो ।

नेपालबाट विदेशी लिग खेल्न दुवै खेलाडी सोमबार भारत जाँदैछन् भने उनीहरु विदेशी लिग खेल्ने पहिलो खेलाडी समेत बनेका छन् ।
राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य सावित्रा र अनिता घरेलु फुटबलमा एपीएफबाट खेल्दै आएका छन् । उनीहरुले हिरो इन्डियन वुमन्स लिगमा सेथु एफसीबाट खेल्नेछन् ।

सेथु एफसीले सावित्रा र अनितालाई तेस्रो संस्करणका लागि टोलीमा आवद्ध गरेको छ । १४ टोली रहेको प्रतियोगितामा सेथु समूह बि मारहेको छ ।

प्रतियोगिता मे ५ देखि सुरु हुनेछ भने लिगका सबै खेलहरु गुरु नानक स्टेडियम लुधियानामा हुनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ७ : ३२ बजे

क्लब विश्वकप : पिएसजी सेमिफाइनल प्रवेश

काठमाडौं – वायरन म्युनिखसँगको तनावपूर्ण खेलमा २-० को जितसहित पेरिस

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार