सातदोबाटो-लगनखेल क्षेत्रका घरटहरा भत्काउन जब डोजर पुग्यो « Khabarhub

सातदोबाटो-लगनखेल क्षेत्रका घरटहरा भत्काउन जब डोजर पुग्यो


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुरको लगनखेल सातदोबाटो क्षेत्रमा सडक मिचेर तथा मापदण्ड विपरित बनाइएका घर तथा टहरामा डोजर चलाइएको छ ।

काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले आइतबारबाट घर टहरमा भत्काउन शुरु गरेको हो ।

सशस्त्र प्रहरीको सहयोगमा आयोजनाले ती घरहरुमा प्रशासनको डोजर परिचालन गरी घर भत्काएको छ ।  आइतबार डोजरले सडक आसपासका घरका झ्याल ढोका तथा सटरमा हानेर घरका स्वरुप बिगारेको छ ।

सडक विस्तारका लागि प्रशासनले पहिले नै भत्काउन घरधनीहरुलाई ताकेता गर्दा पनि उनीहरुले नभत्काएपछि आइतबार डोजर परिचालन गरिएको जनाइएको छ ।

उपत्यका विकास प्राधिकरण ललितपुरका प्रमुख आयुक्त दिनेश पोतेले क्षतिको पहिचान गरी सबैलाई क्षतिपूर्ति रकम उपलब्ध गराइने बताए ।  केही घरधनीले भने पहिले नै रकम लिइसकेको समेत उनले जानकारी दिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ०३ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर