तत्काल कांग्रेसको महाधिवेशन आवश्यकः नेता कोइराला | Khabarhub Khabarhub

तत्काल कांग्रेसको महाधिवेशन आवश्यकः नेता कोइराला


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जीतपुर- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको तत्काल महाधिवेशन गर्न आवश्यक रहेको बताएका छन् ।

कपिलवस्तुको बाणगङ्गा नगरपालिका–४ जीतपुरमा भएको कार्यक्रममा उनले कांग्रेस केन्द्र र प्रदेश कहीँ पनि सत्तामा नरहेकाले महाधिवेशन गरेर अगाडि बढनुपर्नेमा जोड दिएका हुन् ।

कांग्रेस जिल्ला कार्य समिति कपिलवस्तुद्वारा आयोजित कार्यक्रममा नेता कोइरालाले सरकार असफल भएको अरोप लगाए । कांग्रेस केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवान, पूर्वराजदूत दीपकुमार उपाध्याय र सांसद अभिशेक प्रताप शाहले सरकारलाई जनताले नरुचाएको र कांग्रेसले प्रतिपक्षको भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाए ।

पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पूर्वपार्टी सभापति राजेश आर्चाय, सुधाखर पाण्डे, प्रदेशसभा सदस्य रिना नेपाल, नेपाल विद्यार्थी सङ्घ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेललगायतले आ-आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ९ : ४४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’