सञ्चारमन्त्री बाँस्कोटाद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण « Khabarhub

सञ्चारमन्त्री बाँस्कोटाद्वारा दुई बालबालिकाको अभिभावकत्व ग्रहण


१५ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भर्ना अभियान–२०७६ अन्तर्गत काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका दुई बालबालिकाको आइतबार अभिभावकत्व ग्रहण गरी सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

मन्त्री बाँस्कोटाले पाँचखाल नगरपालिका–१ का आमाबाबु नभएका प्रीतम तामाङ र पाँचखाल –५ का बाबु नभएका निस्मा सुनारको अभिभाकत्व ग्रहण गरी कक्षा १ मा भर्ना गराएका हुन् ।

कार्यव्यस्तताका कारण टुहुरा बालबालिका भर्ना गर्न मन्त्री स्वयं उपस्थित नभएपनि अभिभावकत्वका लागि सम्बन्धित वडाका अध्यक्षले सहयोग गरेका थिए ।

वडा १ का का वडाध्यक्ष अष्ट तामाङले भने, “मन्त्रीज्यू अनुपस्थित रहनुहुँदा पनि आज हामीले बालबालिकाका लागि उहाँको अभिभावकत्वलाई सहयोग गरेका हौँ ।”

तामाङलाई पाँचखाल –१ स्थित ज्ञानेश्वरी माध्यमिक विद्यालय र सुनारलाई पाँचखाल –५ स्थित जनउद्धार प्राथमिक विद्यालयमा कक्षा १२ सम्मका लागि मन्त्री बाँस्कोटाले अभिभावकत्व ग्रहण गरी भर्ना गरिएको हो ।

मन्त्री बाँस्कोटाले गत साल पाँचखाल–१२ बालुवाका सुजन दनुवारको कक्षा १२ सम्मका लागि अभिभावकत्व ग्रहण गरेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  १० : ०३ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा