आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने सैन्य कमाण्डर ! « Khabarhub

आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने सैन्य कमाण्डर !


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आइतबार भएको बम विस्फोटमा ज्यान गुमाउने चार जना मध्ये तीन जना विप्लव समूहका सैन्य कमान्डर भएको आजको राजधानी दैनिकले समाचार छापेको छ ।

आइतबारको घटना के कसरी भयो भन्ने सत्यतथ्य बाहिर ल्याउनेसमेत विप्लव नेकपाले विज्ञप्तिमार्फत जनाएको छ । प्रहरीले भने विस्फोटमा परी सुकेधारामा कालिकोटका विभुराम भ्रन्ने दिपेश विक, दाङको बबई गाउँपालिकाका गोकुल रानामगर र ठेगाना नखुलेका निरन्तर मल्लको मृत्यु भएको बताएको छ । यस्तै घट्टेकुलोमा भएको विस्फोटमा प्रज्वल शाहीको मृत्यु भएको जनाएको छ ।

आतंककारी गतिविधिमा संलग्न रहेको भन्दै राजनीतिक रुपमा नै प्रतिबन्ध लगाइएको नेत्रविक्रम च्रन्द विप्लव नेतृको दल नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार झन आक्रामक बनेको छ ।

आइतबार नेकपाका नेता कार्याकर्ताले बोकेका र बनाउँदै गरेका बम शृंखलाबद्धरुपमा विस्फोटको घटनापछि सरकार चन्द नेतृत्वको नेकपासँग झनै आक्रामक देखिएको हो । आइबारको घटनापछि सरकारले सो समूहका नेता तथा कार्यकर्तालाई उच्च निगरानीमा राख्न र सवै सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएको छ ।

त्यसैगरी पत्रिकाले आर्थिक परिसूचक उत्साहजनक शीर्षकमा मुख्य समाचार छापेको छ । आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षणले मुलुकको आर्थिक परिसूचक उत्साहजनक रहेको देखाएको छ । गरिबी घटेको छ भने राजस्व संकलनको दर विगतका वर्षमा भन्दा उत्साहजनक रहेको समाचारमा उल्लेख छ ।

त्यसैगरी पत्रिकाले सरकारी जग्गा भूमाफियाको कब्जामा, मालपोत अधिकृतसहित ६ विरुद्ध मुद्दा शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापेको छ भने स्थानीय तहको पदपूर्तिका लागि लोकसेवाको नयाँ पाठ्यक्रम पनि सार्वजनिक भएको अर्को समाचार पनि पहिलो पृष्ठमा छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ६ : १७ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले