बार्सिलोनामा भएको दुर्घटनामा नेपाली युवकको मृत्यु « Khabarhub

बार्सिलोनामा भएको दुर्घटनामा नेपाली युवकको मृत्यु


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना- स्पेनको बार्सिलोनामा भएको सवारी दुर्घटनामा परी एक नेपालीको मृत्यु भएको छ । स्याङ्जा विरूवा गाउँपालिका-६ चिन्नेबास स्थायी घर भएका २३ वर्षीय पुजन कोईरालाको शनिबार राति भएको दुर्घटनामा ज्यान गएको हो ।

होम डिलीवरीको काम गर्ने कोइराला कामकै क्रममा दुर्घटनामा परेका थिए । खाना पुर्‍याउन जाँदै गरेका उनलाई फोहोर बोक्ने सवारीले ठक्कर दिएको थियो । ठक्करबाट कोइरालाको घटनास्थलमै मृत्यु भएको गुआर्डिया उर्बाना प्रहरीले जनाएको छ ।

एनआरएनए स्पेनले घटनाबारे परिवारलाई जानकारी गराएको जनाएको छ । एक विज्ञप्ति जारी गर्दै एनआरएन स्पेनले कोईरालाको निधनप्रति दुःख व्यक्त गरेको छ। शव ब्यबस्थापनको लागि प्रक्रिया अगाडी बढाउने र मृतकको परिबारलाइ आर्थिक सहयोग गर्ने निर्णय एनआरएन स्पेनले गरेको अध्यक्ष चिन्तामणि सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : ३७ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा