सजिलो गरी अनलाइनका समाचार पढ्न सकिने एप ‘टाइम्स अफ नेपाल’ « Khabarhub

सजिलो गरी अनलाइनका समाचार पढ्न सकिने एप ‘टाइम्स अफ नेपाल’


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अनलाइनमा प्रकाशित समाचारलाई व्यवस्थित गर्दै पाठकलाई पढ्न सजिलो बनाउने गरी मोवाइल एप ‘टाइम्स अफ नेपाल’ सार्वजनिक भएको छ । यो एप, देश-विदेशका समाचार बिभिन्न स्रोतबाट सङ्कलन गरी क्याटेगोराइज गरेर पाठकवर्गलाई सुसुचित गर्ने उद्धेश्यले ल्याइएको हो।

यस एपमा नेपालका विश्वसनीय समाचार पोर्टलहरु खबरहब, अनलाइनखबर, सेतोपाटी, फरक धार, बाह्रखरी, बिबिसी, क्लिकमाण्डुलगायत २० भन्दा धेरै समाचार पोर्टलका समाचारहरु इन्टिग्रेट गरिएका छन् ।

साथै यो एपमा ‘तपाईका लागि’ भन्ने पृष्ठ छ, जस्मा पाठकले रुचाएका समाचार मात्र देखिन्छन् । जस्ले गर्दा, पाठकको रुचीका विषयका समाचार एउटै पृष्ठमा पढ्न पाइन्छ। साथै यो प्रक्रियालाई अझै राम्रो बनाउन यस एपमा बिभिन्न स्रोतका समाचारहरुलाई वर्गीकरण गरेर राखेको छ।

एउटै समाचार बिभिन्न स्रोतबाट आएपनि यस एपले सबैलाई एउटै पृष्ठमा राखिदिन्छ । जसले आफूलाई विश्वसनिय लाग्ने समाचारमात्र पढ्न पाउने व्यवस्था मिलाएको छ । यो एपमा समाचार सेभ गर्न मिल्ने विकल्प पनि दिइएको छ । अंग्रेजी र नेपाली दुवै भाषामा प्रयोग गर्न मिल्ने यो एपमा प्रयोगकर्ताको आँखालाई ध्यानमा राख्दै डार्क थिम र लाइट थिम प्रयोग गरिएको छ ।

यो एप प्लेसटोर तथा एपस्टोरमा उपलब्ध छ । यसलाई इन्स्टल गर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ८ : ५५ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा