दिउँसै हात्तीको बथान आएपछि झापामा त्रास « Khabarhub

दिउँसै हात्तीको बथान आएपछि झापामा त्रास


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर- झापाको अर्जुनधारामा मानव वस्तीको बीचमा दिउँसै हात्तीको बथान छिरेपछि स्थानीय त्रसित बनेका छन् । भारततिरबाट बच्चासहित आएका छ वटा हात्ती मंगलबार बिहानदेखि अर्जुनधारा नगरपालिका-५ स्थित ध्यानबहादुर भारतीको उखुबारीमा बसेका छन् । हात्ती बसेको उखुबारीको वरिपरि दुई दर्जन घर छन् भने डेढ सय विद्यार्थी अध्ययन गर्ने एउटा आधारभूत विद्यालय छेउमै छ । हात्ती दिउँसो बास बस्ने र राति आहारका लागि सक्रिय हुने गर्दछ ।

हात्तीबाट मानव वस्ती र विद्यालयमा क्षति नपुगोस् भनेर डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णु घिमिरेको नेतृत्वमा वन कार्यालयको टोली हात्तीको निगरानीका लागि खटिएको छ । यस्तै, सशस्त्र प्रहरी र नेपाल प्रहरीको छुट्टाछुट्टै टोली विद्यालय र बस्तीको सुरक्षाका लागि परिचालन गरिएको छ ।

करिब ३०० मिटरको दूरीमा रहेको श्री आधारभूत विद्यालयमा पढिरहेका डेढ सय विद्यार्थीलाई विद्यालय हाताबाहिर ननिस्कन र गाउँलेलाई हात्तीसँग नजिस्किन आग्रह गरिएको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए ।

हात्ती हेर्न सर्वसाधारणको भीड बढ्दै गएको र कुनै कारणवश हात्तीको बथान त्यहाँबाट बिच्किएमा बस्ती र विद्यालयमा पस्ने जोखिम भएको हुँदा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले जानकारी दिए । झापामा भारतबाट बर्खायाममा आहारको खोजीमा सयौँको बथानमा जङ्गली हात्ती बाहुनडाँगी हुँदै नेपाल पस्ने गर्छन् ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : २० बजे

खैरो हिरोइनसहित नागढुङ्गाबाट एकजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीले अवैध लागूऔषध खैरो हिरोइनसहित एक जनालई पक्राउ

आयातित स्वास्थ्य उपकरणको विवरण उपलब्ध गराउन  विभागको आग्रह

काठमाडौं– औषधि व्यवस्था विभागले आयात गरिने स्वास्थ्य सामग्री तथा उपकरणको

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्कुल अफ मेडिसिनको डिनमा नवीसमान नियुक्त

काठमाडौं– पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको स्कुल अफ मेडिसिनको डिनमा

तत्कालीन माओवादी केन्द्र काठमाडौं महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

काठमाडौं– नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष राजेश

सुनको मूल्य सवा तीन लाख पुग्दा पनि बजारमा चहलपहल

काठमाडौं– नेपाली बजारमा एक पछि अर्को दिन आज पनि सुनको