सरकारको आलोचनामा उत्रिए सत्तारुढ दल नेकपाकै सांसद « Khabarhub

सरकारको आलोचनामा उत्रिए सत्तारुढ दल नेकपाकै सांसद


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदहरुले सरकारको आलोचना गरेका छन् ।

बुढीगण्डकी जलविद्युत आयोजनाको काम अघि बढाउन नसकेको भन्दै सत्तारुढ दलकै सांसदहरुले सरकारको चर्को आलोचना गरेका हुन् ।

सत्तारुढ नेकपाका सांसदहरु राधा ज्ञवाली, भूमि प्रसाद त्रिपाठी र पाल्देन छेपाङ गुरुङले बुढिगण्डकी जलविद्युत आयोजनाको कामलाई अझै अघि बढाउन नसकेको भन्दै सरकारको आलोचना गरे ।

मंगलबार संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सत्तारुढ नेकपाकी सांसद एवम् पूर्व उर्जामन्त्री ज्ञवालीले १२ सय मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजनाको काम सरकारले अहिलेसम्म पनि अघि बढाउन नसकेको भन्दै आपत्ति जनाइन् ।

मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिन सक्ने सो जलविद्युत आयोजनाको कामलाई तत्काल अघि बढाउन पनि उनले सरकारसँग माग गरिन् ।

सत्तारुढ दलकै अर्का सांसद त्रिपाठीले पनि जलविद्युत आयोजनाहरुको काम अघि बढाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

मुलुकको आर्थिक समृद्धिमा योगदान दिनसक्ने जलविद्युत आयोजनाको कामलाई किन प्राथमिकताका साथ अघि बढाउन नसकेको भन्दै त्रिपाठीले प्रश्न पनि गरे ।

सरकारले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेकोमा पनि समितिका सदस्यहरुले असन्तुष्टि जनाए ।

समितिका सदस्य पाल्देन छेपाङ गुरुङले संसदीय समितिहरुले दिएको निर्देशन पालना नगरेको भन्दै सरकारको आलोचना गरे ।

बुढिगण्डकी जलविद्युत आयोजना प्रभावित क्षेत्रका जनतालाई जग्गाको मुआब्जा वितरण गर्ने काम तत्काल सुरु गर्न पनि सांसद गुरुङले सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ४ : ०९ बजे

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु

नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूले आज शपथग्रहण गर्दै

काठमाडौँ– नेपाली काङ्ग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि