पीएम कप क्रिकेट: तेस्रो जीतसँगै आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा | Khabarhub Khabarhub

पीएम कप क्रिकेट: तेस्रो जीतसँगै आर्मी समूह ‘बी’ को शीर्ष स्थानमा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हात पारेको छ । प्रस्तावित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई ११७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

आर्मीले दिएको २९१ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले ३५ ओभर १ बलमा सबै विकेट गुमाएर १७३ रन मात्रै बनाउन सक्यो । कर्णालीका सुशान्त थापाले ३१ रन, ललित प्याखुरेलले २८ रन, दिवान पुनले २६ रन र युनिस सिंहले २० रन बनाए । कर्णालीविरुद्ध आर्मीका बलरहरुले उत्कृष्ट बलिङ गरे । आर्मीका सुशान भारीले ४ विकेट लिए भने करण केसी र सहाव आलमले समान २-२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा पुरा खेल्दै ९ विकेट गुमाएर २९० रनको योगफल बनाएको थियो । आर्मीका लागि तीन जना ब्याट्सम्यानले अर्धशतक पुरा गरे । ओपनिङ ब्याट्सम्यान राजु रिजालले ६६, रोहित कुमार पौडेलले ५६ रन बनाउँदा अर्का ओपनिङ ब्याट्सम्यान हरिकृष्ण झाले ५२ रन बनाए ।

आर्मीविरुद्ध कर्णालीका ललित प्याकुरेलले ५ विकेट लिएका थिए । तीनवटै खेललगातार जीतेको आर्मी समूह ‘बी’ मा ६ अंकसहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ५ : १२ बजे

रविबिना कसरी अघि बढ्ला रास्वपा ?

काठमाडौं– सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसहित तीनवटा

दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

एजेन्सी – दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी

सांसदबाट निलम्बनमा परे रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसद पदबाट निलम्बनमा

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी – बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५

धरानमा सङ्गीत जात्रा महोत्सव 

धरान – ‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन