अफगानिस्तानका विद्यालय आक्रमणकारीको निशानामाः युनिसेफ | Khabarhub Khabarhub

अफगानिस्तानका विद्यालय आक्रमणकारीको निशानामाः युनिसेफ


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल– अफगानिस्तानका सार्वजनिक विद्यालय आक्रमणकारीको निशानामा रहेको राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ ।

गत वर्ष विद्यालयमाथि भएका आक्रमणका घटनामा अहिले तेब्बरले वृद्धि भएको युनिसेफले जनाएको हो।  विद्यालयमाथि निरन्तर भएका आक्रमणले बालबालिकाको शिक्षामा नकारात्मक असर परेको पनि युनिसेफले जनाएको छ ।

युनिसेफका अनुसार सन् २०१७ मा आक्रमणका ६८ वटा घटना रहेकामा गतवर्ष सन् २०१८ मा १९२ घटना भएका थिए । सन् २०१५ देखि विद्यालयमा आक्रमण हुनेक्रम बढेको पाइएको हो । अफगानिस्तानमा जारी १८ वर्षदेखिको सशस्त्र युद्धका कारण सन् २०१८ सम्ममा एक हजार विद्यालय बन्द भइसकेका छन् ।

विद्यालय बन्द भएका कारण करिब पाँच लाख बालबालिका शिक्षाको अधिकारबाट बन्चित भएका छन् । युनिसेफका अनुसार विद्यालयमा आक्रमण भएको तथा शिक्षकको हत्या र अपहरण गरिएको छ ।

गत वर्ष संसदको निर्वाचनका लागि मतदाता दर्ताका रुपमा विद्यालयलाई प्रयोग गरिएका कारण पनि विद्यालयमा आक्रमण बढी भएको युनिसेफको भनाइ छ। हाल सातदेखि १७ वर्षको उमेरका करिब ३७ लाख स्कुले बालबालिका विद्यालय शिक्षाबाट बन्चित रहेका छन् । युनिसेफले बालिकाको असुरक्षा, गरिबी र विभेदले पनि विद्यालयमा बालिकाको उपस्थिति पातलो छ ।

तालिबानले आफू शासनमा रहँदा सन् १९९६ देखि २००१ सम्म बालिका शिक्षामा प्रतिबन्ध लगाएका थिए । तर सन् २००१ मा तालिबान सत्ताच्यूत भएपछि फेरि बालिकाहरुको शिक्षा खुला गरिएको थियो ।

राष्ट्रसंघका अनुसार सन् २०१८ मा मारिएका तीन हजार ८०४ जना व्यक्तिमध्ये ९०० भन्दा बढी बालबालिका रहेका थिए । आक्रमणबाट करिब ७ हजार १८९ जना घाइते भएका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ६ : ०५ बजे

रविलाई पूर्वडीआइजीको सुझाव : भागेर हुँदैन

काठमाडौं- नवराज सिलवालको पहिचान नेपाल प्रहरीको पूर्वडीआईजी भन्दा फराकिलो भएको

नेसपाले बझाङ उपनिर्वाचनमा ‘राइट टू नो भोट’को नीति अपनाउने

काठमाडौं– डा. बाबुराम भट्टराईको पार्टी नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार