उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सुवेदीलाई « Khabarhub

उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सुवेदीलाई


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यस वर्षको उत्कृष्ट युवा पत्रकारिता पुरस्कार सगरमाथा टेलिभिजनका पत्रकार श्रीकृष्ण सुवेदीलाई प्रदान गरिएको छ ।

काठमाडौंमा मंगलबार भएको कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र गन्तव्य नेपाल ग्रुपका अध्यक्ष शिव अधिकारीले नगदसहित ताम्रपत्र संयुक्त रुपमा प्रदान गरेका हुन् ।

पत्रकारिताको माध्यमबाट पर्यटन र संस्कृतिको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएवापत पत्रकार सुवेदीलाई पुरस्कारसहित सम्मान गरिएको हो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष दाहालले राजनीतिक नेतृत्वको झिनाझम्टी र हत्या प्रतिघटनाले नै सम्भावना हुँदाहँदै पनि देश विकास हुन नसकेको बताए ।

अध्यक्ष दाहालले धेरै सम्भावना बोकेको नेपाल विकास नहुनुमा राजनीतिक नेतृत्वकै कारण रहेको बताए । उनले नेपालमा पर्यटकीय सम्भावना धेरै भए पनि सदुपयोग गर्न नसक्दा देश विकास हुन नसकेको धारणा राखे । उनले हिमालदेखि तराईसम्म विविधता भएको नेपाल जातीय, भाषिक, साँस्कृतिक विविधतामा पनि धनी भएको उल्लेख गर्दै उनले विकास निर्माणलाई जोड दिन सवैले आ–आफ्नो क्षेत्रमा सक्रिय भएर लाग्नुपर्ने तर्क गरे ।

अध्यक्ष दाहालले हिमाल, पहाड र तराईजस्ता भौगोलिक सम्पन्नताले भरिपूर्ण भएर पनि विगतमा नेपालले राजनीतिक अस्थिरताकै कारण प्रगति गर्न नसकेको पनि स्पष्ट पारे ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ६ : ४९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको