रमादानमा मध्यपूर्वका जनताले हेरे पाँच अर्ब ८० लाख घण्टा फेसबुक « Khabarhub

रमादानमा मध्यपूर्वका जनताले हेरे पाँच अर्ब ८० लाख घण्टा फेसबुक


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मुस्लिम धर्मावलम्बीहरुको पवित्र चाड रमादानमा मध्य पूर्वी एसियाका मानिसहरुले पाँच अर्ब ८० लाखभन्दा बढी घण्टा फेसबुक र युट्युब हेरेका छन् । एक महिना लामो पवित्र पर्वमा व्रत बसेका मुस्लिम धर्मावलम्बीहरुले सामाजिक सञ्जाल फेसबुक र युट्युब हेरेर समय बिताएको मध्य पूर्वी एसिया तथा उत्तर अफ्रिकाका लागि फेसबुकका प्रबन्ध निर्देशक रमेज शेहादीले जानकारी दिए ।

रमादानको समयमा राति अबेरसम्म मानिसहरुले फेसबुक र युट्युब हेरेर समय बिताएका थिए । केही मानिसले भने रमादानको अवधिमासमेत दिनमा केही घण्टा काम गरेका थिए । साबिकको भन्दा रमादानको समयमा मानिसहरुले पाँच प्रतिशत बढी समय फेसबुकमा बिताएको शेहादीले बताए ।

रमादानमा मध्यपूर्वका मानिसहरुले विगतभन्दा २० लाख घण्टा अतिरिक्त समय फेसबुकमा बिताएका थिए । मध्यपूर्वमा रमादानको समय विज्ञापनका लागि पनि प्रभावकारी रहेको फेसबुकले जनाएको छ । युट्युबमा १५१ प्रतिशतसम्म दर्शकको संख्या बढेको गुगलले जनाएको छ ।

इजिप्ट, इराक, साउदी अरबिया, युएइ, कतारलगायतका मध्यपूर्वी देशहरुबाट खेलकुदमा २२ प्रतिशत, पर्यटन तथा यात्रामा ३० प्रतिशत र एक्सन गेमहरुमा १० देखि २० प्रतिशत बढी भिडियो हेरिएको थियो । यस्तै मानिसहरुले २७ प्रतिशतभन्दा बढी समय धर्मसम्बन्धी सामग्री युट्युबमा हेरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ६ : ५८ बजे

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

पोखराले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

सरकारलाई भीष्मराजले भने- कांग्रेसले देखाएको सदाशयतालाई कमजोरीका रूपमा नलिनू

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति