रमादानमा मध्यपूर्वका जनताले हेरे पाँच अर्ब ८० लाख घण्टा फेसबुक « Khabarhub

रमादानमा मध्यपूर्वका जनताले हेरे पाँच अर्ब ८० लाख घण्टा फेसबुक


१४ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मुस्लिम धर्मावलम्बीहरुको पवित्र चाड रमादानमा मध्य पूर्वी एसियाका मानिसहरुले पाँच अर्ब ८० लाखभन्दा बढी घण्टा फेसबुक र युट्युब हेरेका छन् । एक महिना लामो पवित्र पर्वमा व्रत बसेका मुस्लिम धर्मावलम्बीहरुले सामाजिक सञ्जाल फेसबुक र युट्युब हेरेर समय बिताएको मध्य पूर्वी एसिया तथा उत्तर अफ्रिकाका लागि फेसबुकका प्रबन्ध निर्देशक रमेज शेहादीले जानकारी दिए ।

रमादानको समयमा राति अबेरसम्म मानिसहरुले फेसबुक र युट्युब हेरेर समय बिताएका थिए । केही मानिसले भने रमादानको अवधिमासमेत दिनमा केही घण्टा काम गरेका थिए । साबिकको भन्दा रमादानको समयमा मानिसहरुले पाँच प्रतिशत बढी समय फेसबुकमा बिताएको शेहादीले बताए ।

रमादानमा मध्यपूर्वका मानिसहरुले विगतभन्दा २० लाख घण्टा अतिरिक्त समय फेसबुकमा बिताएका थिए । मध्यपूर्वमा रमादानको समय विज्ञापनका लागि पनि प्रभावकारी रहेको फेसबुकले जनाएको छ । युट्युबमा १५१ प्रतिशतसम्म दर्शकको संख्या बढेको गुगलले जनाएको छ ।

इजिप्ट, इराक, साउदी अरबिया, युएइ, कतारलगायतका मध्यपूर्वी देशहरुबाट खेलकुदमा २२ प्रतिशत, पर्यटन तथा यात्रामा ३० प्रतिशत र एक्सन गेमहरुमा १० देखि २० प्रतिशत बढी भिडियो हेरिएको थियो । यस्तै मानिसहरुले २७ प्रतिशतभन्दा बढी समय धर्मसम्बन्धी सामग्री युट्युबमा हेरेका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०७६, मंगलबार  ६ : ५८ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने