‘जाइरा’ को गीतमा नम्रता र अनुपको चुम्बन (भिडियो) « Khabarhub

‘जाइरा’ को गीतमा नम्रता र अनुपको चुम्बन (भिडियो)


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भदौ ६ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ को गीत सार्वजनिक गरिएको छ । ‘आँखैले बोल्छ’ बोलको रोमान्टिक गीत राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो ।

बिहीवार आयोजित कार्यक्रममा अभिनेता अनुपविक्रम शाही र नम्रता श्रेष्ठले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

सन्तोष लामाको स्वर रहेको गतिमा कल्याण सिंहको संगीत र रवि मल्लका शब्द छन् । अनुप र नम्रताको नृत्य देख्न सकिने यो गीतमा अनुप र नम्रताको प्रेमभावलाई देखाउन खोजिएको छ । यही फिल्मका लागि नम्रताले कपालसमेत छोटो बनाएकी थिइन् ।

मार्सल आर्ट खेलाडीको कथामा निर्माण भएको यो फिल्ममा नम्रता र अनुपसँगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, सिर्जना रेग्मी, सुजता श्रेष्ठ, सम्राट मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

आसुतोष राज श्रेष्ठको निर्देशनमा बनेको यो फिल्म नम्रता अनुपका फ्यानका लागि प्रतीक्षित बनेको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १० : ५८ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया