फिल्म साइन गर्नुभन्दा पहिले आफ्नो भूमिकामा के खोज्छिन् सारा ? « Khabarhub

फिल्म साइन गर्नुभन्दा पहिले आफ्नो भूमिकामा के खोज्छिन् सारा ?


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको पहिलो फिल्म ‘केदारनाथ’ ले नै सारालाई चर्चित बनायो । दोस्रो फिल्म ‘सिम्बा’ ले पनि साराको करिअरलाई फाइदा पु–यायो । दुवै फिल्म बक्स अफिसमा हिट बने ।

पछिल्लो समय चर्चामा रहिरहने अभिनेत्रीमा सारा अली खान पनि पर्छिन् ।

सारा कम समयमा बलिउडकी उत्कृष्ट अभिनेत्रीमा आउनेमध्ये एक हुन् । सारा आफ्नो लूकका कारण पनि चर्चामा आउने गर्छिन् । सामाजिक सञ्जालमा अपलोड गरेका तस्वीरले पनि साराको चर्चा भइरहन्छन् ।

हालै साराले बताएकी छिन् कि, आफूले फिल्म साइन गर्ने बेलामा आफ्नो भूमिकामा के चाहन्छिन् ।

‘म आफ्नो करिअरलाई नयाँ च्याप्टरका हिसाबले देख्छु, मेरा लागि अभिनयले मुख्य महत्त्व राख्छ,’ साराले भनिन्, ‘मलाई लाग्छ, राम्रो काम गर्न आफूलाई पनि त्यहीअनुसार ब्यालेन्समा राख्न जरुरी छ ।’

उनले स्किृप्टमा सबैभन्दा पहिले विश्वास हुनुपर्ने धारणा राखिन् । चाहे जुनसकुै फिल्ममा आफ्नो भूमिका होस् तर निर्देशक र स्किृप्टमा विश्वास हुन जरुरी भएको उनले बताइन् ।

सारा पछिल्लो समय इम्तियाज अलीको निर्देशनमा बनिरहेको फिल्म ‘लभ आजकाल २’ मा व्यस्त छिन् । उनी यो फिल्ममा कार्तिक आर्यनका साथ देखिनेछिन् । वास्तविक जीवनमा पनि उनको नाम कार्तिक आर्यनसँगै जोडिएर आउने गर्छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  १२ : ४६ बजे

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।

भिक्टरले चलाए सुधन गुरुङ गृहमन्त्रीको लागि लायक छन् भन्ने पोल

काठमाडौं– रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेलले सुधन गुरुङ

मेयर छोडेको दुई महिनामै प्रधानमन्त्री बने बालेन्द्र (तस्बिरहरू)

काठमाडौं- २०७९ वैशाखको चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वािचत बालेन्द्र शाह

कांग्रेसले ‘संसदीय सचेतना कार्यक्रम’ गर्ने

काठमाडौं– नेपाली कांग्रेसले पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा नवनिर्वाचित सदस्यका