जी २० सम्मेलन ओसाकामा शुरु « Khabarhub

जी २० सम्मेलन ओसाकामा शुरु


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओसाका–२० वटा औद्योगिक राष्ट्रहरुको समूह जी २० को सम्मेलन जापानको ओसाका शहरमा शुरु भएको छ । शुक्रबार जापानी प्रधानमन्त्री सिन्जो आबेले जी २० सम्मेलनको को औपचारिक उद्घाटन गरेका हुन् ।

यस सम्मेलनका क्रममा विश्वको औद्योगिक उत्पादन, व्यापारिक मुद्धाहरु, महिला सशक्तिकरण तथा स्वास्थ्यका साथै विविध विषयहरुमा छलफल हुनेछ ।
त्यस्तै, जलवायु परिवर्तनको विषयमा पनि सम्मेलनको प्रमुख एजेण्डाको रुपमा रहेको जनाइएको छ ।

त्यस्तै इरान, उत्तर कोरिया र भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमका विषयमा पनि सम्मेलनमा छलफल हुने छ ।

जी २० सम्मेलनमा सहभागी हुन जी २० मा आबद्ध मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु ओसाका पुग्ने क्रम जारी छ ।

पछिल्लो समय विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रहरु चीन र अमेरिकाबीच व्यापार युद्ध जारी रहेका बेला जी २० को सम्मेलन शुरु भएको हो ।

यद्यपि सम्मेलनमा प्रमुख मुद्धाहरुमा औपचारिक तथा ठोस सम्झौता हुने सम्भावना भने नरहेको अन्तर्रायिट्रय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जी २० समूहमा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानाडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिका सदस्य छन् ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  २ : ५१ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर