नेपाली सेनाले १ लाख ५० हजार फलफूलका विरुवा रोप्ने « Khabarhub

नेपाली सेनाले १ लाख ५० हजार फलफूलका विरुवा रोप्ने


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अगाडि सारको ‘एक नेपाली एक फलफूलको विरुवा रोपण’ अभियानलाई सफल बनाउन नेपाली सेनाले पनि आफ्नो अभियान शुरु गरेको छ ।

सेनाले पनि ‘एक जवान एक विरुवा रोपण अभियान’ शुरु गरेको हो । प्रधानसेनापति (महारथी) पूर्णचन्द्र थापाले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डाको हाता भित्र विभिन्न जातका फलफूलका विरुवा रोपेर अभियानको शुरुवात गरेका हुन् ।

सेनाले स्थानीय जनप्रतिनिधि तथा जनसमुदायसँगको सहकार्यमा फलफूलका विरुवा रोप्ने अभियानलाई सफल बनाउने जनाएको छ ।

यसका लागि सबै पृतना, बाहिनी, गण र गुल्मका बाहिर भित्री हातामा गरी १ लाख ५० हजार ९ सय ७७ ओटा विभिन्न जातका (हावापानी सुहाउने) फलफूलका विरुवा रोपिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ३ : ४२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया