धर्तीमाताको नाममा युवतीमाथि दुर्व्यवहार गर्ने पक्राउ « Khabarhub

धर्तीमाताको नाममा युवतीमाथि दुर्व्यवहार गर्ने पक्राउ


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा एक युवतीमाथि दुर्व्यवहार (कुटपिट) गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने ३२ वर्षकी विष्णु कुँवरलाई काठमाडौँको बालाजुबाट पक्राउ गरिएको काठमाडौँ महानगरीय प्रहरी परिसरले जनाएको छ ।

यही असार ५ गते मन्दिरमा उनले घटना गराएको प्रहरीले जनाएको छ । आज आयोजित पत्रकार सम्मेलनमा सो घटनाबारे जानकारी दिँदै परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले उपचारको नाममा युवतीमाथि दुर्व्यवहार गर्ने कुँवरलाई पक्राउ गरी अनुसन्धान थालिएको जानकारी दिए । उनका अनुसार सो घटनामा दुर्व्यवहार भएकी युवती भने सम्पर्कमा नआएकीले खोजी भइरहेको छ ।

विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक भएको श्रव्यदृष्यमा मानिसको ठूलो भीडमा ती महिलाले एक युवतीलाई कुटपिट गरिरहेको देखाइएको थियो । घटना हुँदा सो स्थानमा नेपाल प्रहरीका कर्मचारीसमेत देखिएकोबारे पत्रकारले सोधेको जिज्ञासामा परिसरका प्रमुख सुवेदीले भीड नियन्त्रण गर्न र मानिसको सुरक्षाका लागि आएकाले कुनै पूर्वघोषित कार्यक्रममा नखटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ५ : ४० बजे

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीमा पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध

कञ्चनपुरमा धान उत्पादनमा वृद्धि हुने प्रक्षेपण

कञ्चनपुर– कञ्चनपुरमा यस वर्ष धान उत्पादनमा वृद्धि वृद्धि हुने प्रक्षेपण

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६