कोटेश्वर–जडीबुटीमा सुरुङ बनाउन जापान सरकारसँग छलफल, माथि खुला राख्ने वा ढाक्ने भन्ने बहस « Khabarhub

कोटेश्वर–जडीबुटीमा सुरुङ बनाउन जापान सरकारसँग छलफल, माथि खुला राख्ने वा ढाक्ने भन्ने बहस


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आगामी तीन वर्षभित्रमा सम्पन्न हुने गरी काम अघि बढाएको छ । एक हजार ८७९ किलोमिटर लम्बाइको यो लोकमार्गको ४१० किलोमिटर कालोपत्र सडक खण्ड निर्माण सम्पन्न भइसकेको छ ।

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको हालैको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी आर्थिक वर्षमा मध्यपहाडी लोकमार्गको बाँकी कामको बोलपत्र गरिने बताए । यो सडक आव २०७८/७९ मा नै सम्पन्न गर्ने गरी काम अघि बढिरहेको उनले समितिलाई जानकारी दिए ।

सडकमा ५४२ किलोमिटर सडक निर्माणका लागि ठेक्का व्यवस्थापन भइसकेको बताइएको छ । चार सय ६३ किलोमिटर सडक कालोपत्र हुन बाँकी छ । सो काम समयमा नै सकिने उनले विश्वास व्यक्त गरे । उनले भने “काम गर्दै जाँदा दुई/चार महीना तलमाथि होला तर त्योभन्दा ढिलाइ हुन नदिन मन्त्रालय लागेको छ ।”

मदन भण्डारी राजमार्ग एक हजार २०० किमीमध्ये धरान हेटौँडाको काम भइरहेको बताइएको छ । राजमार्गमा केही पुलको ठेक्का सम्झौता हुने क्रममा छन् । पुलका लागि ठेक्का सम्झौता आगामी एक वर्षमा सकिने उनको जिकिर छ । उनले भने“कम लम्बाइको पुल भएकाले निर्माण शुरु भएपछि चाँडै सम्पन्न हुने विश्वास गर्न सकिन्छ ।”

पूर्व–पश्चिम राजमार्ग विस्तार पनि अघि बढाइएको बताइएको छ । काठमाडौँ जडीबुटीमा भूमिगत मार्ग निर्माणका लागि जापान सरकारसँग छलफल भइरहेको छ । अहिले पनि यस ठाउँमा हुने चाप कम गर्नका लागि ललितपुरतर्फ जाने सवारी साधनलाई मनोहरा करिडोरतर्फ पठाइएको छ । ‘फ्लाई ओभर’ निर्माण गर्दा कलङ्कीको जस्तो माथि खुला हुने गरेर निर्माण गर्ने वा माथिबाट ढाकेर गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

मन्त्री महासेठले कुलेखानी भीमफेदी सुरुङमार्ग छिटोभन्दा छिटो सम्पन्न गर्ने लक्ष्य रहेको बताए । रेल यातायाततर्फ, पूर्व–पश्चिम रेलमार्गको विस्तृत अध्ययन प्रतिवेदन तयार भएर काम अघि बढिरहेको उनको भनाइ थियो । यो रेलमार्गको लम्बाइ ९४५ किमी हुने अध्ययनले देखाएको छ । यसमा २०० किमीमा काम शुरु भइसकेको छ । रेलमार्ग निर्माणका लागि मन्त्रालय अहिले आर्थिक व्यवस्थापनमा लागिरहेको उनले बताए ।

काठमाडौँ–रक्सौल रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन सकिएर चिनियाँ पक्षले प्रतिवेदन बुझाएको मन्त्री महासेठले बताए । गत साता मात्रै मन्त्रालयका सचिव देवेन्द्र कार्की नेतृत्वको टोली वार्ताका लागि चीन पुगेको थियो । चीन सरकारसँग आगामी बैठकबाट बाँकी रहेका विषय टुङ्ग्याइने उनले बताए । रेलमार्ग निर्माणका लागि विभिन्न चरणमा छलफल भइरहेको छ । काठमाडौँ–स्याफ्रुबेँसी रेलमागको पनि पूर्वसम्भाव्यता अध्ययन गरी विस्तृत अध्ययनको चरणमा रहेको मन्त्री महासेठले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ६ : ५७ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा