एसिड आक्रमणबाट घाइते भएकी जेनीलाई मन्त्री थापाद्वारा ५० हजार सहयोग « Khabarhub

एसिड आक्रमणबाट घाइते भएकी जेनीलाई मन्त्री थापाद्वारा ५० हजार सहयोग


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले कीर्तिपुर अस्पतालमा उपचाररत जेनी खड्काको उपचारका लागि ५० हजार सहयोग प्रदान गरेकी छिन् ।

घाइते खड्काकी आमा कमलाचन्द खड्कालाई शुक्रबार अस्पतालमै पुगेर मन्त्री थापाले सहयोग प्रदान गरेकी हुन् । ४५ दिनदेखि अस्पतालमा उपचाररत जेनीको डिस्चार्ज गर्न रकम अभाव भएको जानकारी पाएपछि मन्त्री थापाले सो सहयोग प्रदान गरेको बताएकी छन् ।

खड्कालाई सहयोग गर्दै मन्त्री थापाले महिला हिंसा विरुद्धका कानून कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनले हिंसाले समाज र परिवारको खुसी मात्र खोसिँदैन, विकासलाई समेत पछाडि धकेल्ने बताइन् ।

जेनी खड्काका आमा कमला चन्द खड्काले छोरीको उपचार गर्न मात्र तीन लाख भन्दा बढी लागेको बताइन् । उनले डेढ लाख पहिल्यै अस्पतालमा बुझाएको भए पनि अझै डेढ लाख तिर्न बाँकी रहेको हुँदा डिस्चार्ज गर्न समस्या भएको बताइन् ।

अस्पतालका जनसम्पर्क अधिकृत तारानीधि भूर्तेलले जेनीको उपचारका क्रममा सातवटा सल्यक्रिया गर्दा दुईवटा निःशुल्क गरिएको र अन्य उपचार खर्चमा पनि २० प्रतिशत छुट दिइएको बताए ।

गत जेठ १ गते काठमाडौंको रातोपुलमा उनकै श्रीमान विष्णु भुजेलले जेनीमाथि एसिड प्रहार गरेका थिए ।

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ८ : ४२ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत