वृक्षरोपण वर्ष’मा चार करोड बिरुवा रोप्ने तयारी « Khabarhub

वृक्षरोपण वर्ष’मा चार करोड बिरुवा रोप्ने तयारी


१३ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यही असार १४ गते ‘राष्ट्रिय वृक्षरोपण दिवस’का अवसरमा मुलुकभर वृक्षरोपणलाई उत्सवका रुपमा मनाउनुका साथै शनिबार नै ‘वृक्षरोपण वर्ष’को शुरुवात समेत गरिँदैछ ।

वन तथा भू–संरक्षण मन्त्रालयको पहलमा शनिबार काठमाडौँ कोटेश्वर–कलङ्की चक्रपथ खण्डमा एक साथ करीब तीन हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने मन्त्रालयले जनाएको छ । सरकारले राष्ट्रियस्तरमा ‘वृक्षरोपण वर्ष’ कार्यक्रम कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषदले बिहीबार सार्वजनिक गरेको छ ।

सन् २०१८ जुन ५ देखि ‘एक नागरिक एक फलफूलका बिरूवा रोपण अभियान’ शुभारम्भ गरिएको हो । सो अभियान सफल बनाई मुलुकलाई फलफूलमा आत्मनिर्भर एवं निर्यातयोग्य बनाउन प्रत्येक वर्ष असार १४ गते फलफूललगायतका बिरूवा रोपण गरी देशव्यापी रूपमा राष्ट्रिय वृक्षरोपण दिवस मनाउने सरकारको निर्णय छ । साथै लुम्बिनी क्षेत्रलगायतका पवित्र धार्मिकस्थल, सडक किनारा, नदी उकासका क्षेत्र, हैसियत बिग्रिएका वनक्षेत्रमा समेत फलफुल तथा औषधिजन्य (हर्बल) बिरूवा रोपण गर्ने सरकारले निर्णय गरेको छ ।

दिवसका अवसरमा कोटेश्वरमा बिहान प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा कार्यक्रम गरी सो क्षेत्रमा गिन्को, असारे फूल, कामिनी, राजवृक्ष, तेजपात, कल्कीफूल, जाकारान्दा, कपुर, पुवाले, करवीरलगायत प्रजातिका ठूला साइजका बिरुवा रोपण गरिने छ । सो अवसरमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुख, स्थानीय सरकारका प्रमुखलगायतले समेत वृक्षरोपण गर्ने बताइएको छ ।

वृक्षरोपणका लागि सो सडकखण्डका दुबै किनारामा आवश्यक सङ्ख्यामा खाल्डा खनिसकिएको र नौ समूहमा विभाजन गरी सङ्कलित बिरुवा रोपिने छ । दिवसको पूर्वसन्ध्यामा वनमन्त्री शक्तिबहादुर बस्नेतले दिवसका अवसरमा देशभर वृक्षारोपण कार्यक्रमलाई महोत्सवका रुपमा मनाउन लागेको बताए ।

वर्षभरीमा न्यूनतम् चार करोड बिरुवा रोप्ने र पाँच करोड रोप्ने लक्ष्य राखेको जानकारी गराउँदै उनले भने, “यस अभियानमा सबै तहका सरकारका सबै निकाय सहभागी हुनेछन्, आमजनतालाई पनि सहभागी हुन आह्वान गरेका छौँ ।”

प्रकाशित मिति : १३ असार २०७६, शुक्रबार  ९ : २८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

विपद्को समयमा सम्पूर्ण देशवासीको साथ र सहयोग आवश्यक छ : प्रचण्ड

सिरहा – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

निवर्तमान मन्त्रीसँग छलफल गरेर अघि बढ्छु : नवनियुक्त उद्योगमन्त्री साह

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले खाना

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा