अन्तर बैंक फुटसलको क्वाटरफाइनल समिकरण पुरा « Khabarhub

अन्तर बैंक फुटसलको क्वाटरफाइनल समिकरण पुरा


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्कोडा अन्तर बैंक फुटसल च्याम्पियनसिपको क्वाटरफाइनल समीकरण पुरा भएको छ । ढोलाहिटीस्थित एक्टिभ स्पोर्ट्स कम्प्लेक्समा शनिबार लिग चरणको खेल सकिएसँगै क्वाटरफाइनल समीकरण पुरा भएको हो ।

एक्टिभ स्पोर्ट्स कम्प्लेक्सको आयोजनामा जारी प्रतियोगितामा कुमारी बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, मेगा बैंक, सिभिल बैंक, प्रभु बैंक, हिमालयन बैंक र एनएमबी बैंकले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

अब क्वाटरफाइनलमा कुमारीले मेगा, एनआईसी एसियाले ग्लोबल आईएमई, सिभिलले एनएमबी र हिमालयनले प्रभु बैंकसँग खेल्नेछन् । क्वाटरफाइनलदेखि फाइनल चरणसम्मको खेल आगामी शनिबार हुनेछ ।

प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छन् । उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले कम्प्लेक्समा एक वर्षको लागि निशुल्क स्विमिङ गर्न पाउने छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : १९ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी