गद्दी त्यागेर रुसी मोडलसँग बिहे गरेका मलेसियाका पूर्वराजाले उठाए प्रश्न, भने बच्चाको बावु को ? « Khabarhub

गद्दी त्यागेर रुसी मोडलसँग बिहे गरेका मलेसियाका पूर्वराजाले उठाए प्रश्न, भने बच्चाको बावु को ?


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– राजगद्दी नै छोडेर रसियन मोडलसँग विवाह गरेका मलेसियाका पूर्वराजा सुल्तान मुहम्मद भीले श्रीमतीले जन्माएको सन्तानको बावु आफू नभएको स्पष्ट पार्दे श्रीमतीको चरित्रमाथि औला ठड्याएका छन् ।

पूर्व मिस मस्को ओक्साना भोएभोदिनासँग विवाह गर्दै सुल्तानले गत जनवरीमा मलेसियाको गद्दी नै छाडिदिएका थिए । तर केही महिना अघि बच्चा जन्मिएपछि उनले श्रीमतीको चरित्रमाथि प्रश्न उठाउँदै डिभोर्स समेत गरिसकेका छन् । २७ वर्षीया ओक्साना भोएभोदिना र ५० वर्षीय पूर्वराजा सुल्तानबीच नयाँ सन्तानको विषयलाई लिएर मतभेद् नै भएको छ ।

सिंगापुरका वकिल कोह तिएन हुआले पनि सुल्तानको पक्षमा बोलेका छन् । उनले नयाँ शिशुको बावुको कुनै प्रमाण ओक्सानासँग नभएको भन्दै सुल्तानलाई सहज हुने गरी अभिव्यक्ति दिएका हुन् ।

यससँगै रसियन मोडल ओक्साना आफ्नो सन्तानलाई लिएर रसिया फर्कन सक्ने अपेक्षा गरिएको छ । तर गत साता मात्रै ओक्सानाले आफू अझै विवाहित नै रहेको बताइन् । उनले मलेसियन एक पत्रिकासँग यो एक निराशाजनक अवस्था मात्रै भएको तर आफूहरुले डिभोर्स नगरेको प्रतिक्रिया दिएकी छन् ।

इन्स्टाग्राममा एक भिडियो पोस्ट गर्दै उनले भनेकी छन्, ‘म उनको जीवनको अन्तिम व्यक्ति बन्न चाहन्छु । र म आफ्नो जीवनको अन्तिम क्षणसम्मै उनीसँग बाँच्न चाहन्छु ।’ तर मलेसियाका मिडियाले डिभोर्स पेपर तयार भइसकेको जनाएका छन् । जुलाइ १ मै उनीहरुले डिभोर्स पेपर दर्ता गरिसकेको मलेसियन मिडियाले जनाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ७ : ४१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार