आजको मौसम : पहाडी क्षेत्रमा पहिरोको खतरा, सतर्क हुन आग्रह « Khabarhub

आजको मौसम : पहाडी क्षेत्रमा पहिरोको खतरा, सतर्क हुन आग्रह


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (आइतबार) देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भु-भाग भन्दा दक्षिण तिर छ। जसको कारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय भएपनि पूर्वी पहाडी र पश्चिम पहाडका जिल्लामा वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान छ।

मनसूनको समयमा दिनहुँ वर्षा हुँदा पहाडी भूभागहरुमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकोले सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ:

साउन १२ गते (आईतबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ |

साउन १३ गते (सोमबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ |

साउन १४ गते (मंगलबार)

दिउँसो: देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

राति: देशभर आंशिकदेखि सामान्य बदली रहि देशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ |

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  ८ : ४७ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न