गाडीभित्रै बलात्कार गर्न खोज्ने युवकको जिब्रो टोकेर युवतीले २ टुक्रा पारिन् ! « Khabarhub

गाडीभित्रै बलात्कार गर्न खोज्ने युवकको जिब्रो टोकेर युवतीले २ टुक्रा पारिन् !


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– गत बिहीबार राती घर फर्कनका लागि ट्याक्सीमा चढेकी एक २१ वर्षकी युवतीमाथि बलात्कारको प्रयास भयो तर युवतीले हिम्मत देखाउँदै बलात्कारीको चंगुलबाट जोगिएर भाग्न सफल भइन् ।

यतिमात्र होइन ती युवतीले बलात्कारीलाई यतिसम्म घाइते बनाएकी थिइन् कि पुलिसले तत्कालै आरोपीलाई पक्राउ गर्न सफल भयो । घटना भारतको राजस्थान राज्यको जयपुरको हो । भारतीय दैनिक अमर उजालाको समाचार अनुसार शहरको आश्रम मार्गबाट चित्रकुट जानको लागि ती युवती ट्याक्सी चढेकी थिइन् ।

ट्याक्सीमा ड्राइभरका एक जना साथी पनि पहिलेदेखि नै बसिरहेका थिए । ती साथीले युवतीलाई गाडीमै बलात्कार गर्ने प्रयास गरे । युवतीले पनि साहस देखाउँदै ती बलात्कारीको जिब्रो टोकेर चुँडाइदिइन् । त्यसपछि भागेर पुलिस चौकी पुगिन् ।

बलात्कारको प्रयास गर्ने आरोपी सचिन शर्मा पनि काटिएको जिब्रोको उपचार गराउनको लागि एसएमएस अस्पताल पुगे । युवतीको सूचनाका आधारमा उनी उपचारको लागि आउने आशंकामा सबै अस्पतालमा पुलिस तैनाथ गरिएको थियो । उपचारका लागि गएका सचिनलाई पुलिसले अस्पतालबाटै ट्याक्सी ड्राइभरसहित पक्राउ गर्यो ।

आरोपी भरतपुरको भएको र जगतपुरामा रियल स्टेट एजेन्टको काम गर्ने बताइएको छ । युवती आगराकी हुन् र चित्रकुट क्षेत्रमा बस्छिन् । उनी बीबीए पढ्दैछिन् र मोडलिङ पनि गर्छिन् । बिहीबार राती करिब सवा एक बजे जन्मदिनको पार्टीबाट निस्किएकी उनले ट्याक्सी बुक गरेकी थिइन् । गाडीमा पहिल्यै ड्राइभरका साथी पनि थिए । उनको बारेमा सोध्दा ड्रइभरले उनी आफ्नो साथी भएको र उनी पनि चित्रकुट नै जानुपर्ने भएकोले साथमा ल्याएको बताएका थिए ।

गाडी सोडाना नजिकै पुगेपछि सचिनले नक्कली पेस्तोल देखाएर युवतीलाई तर्साए त्यसपछि गुडिरहेको गाडीमा अगाडिको सिटबाट उठेर पछाडिको सिटमा गए । युवतीका अनुसार उनी निकै डराएकी थिइन् तैपनि हिम्मत देखाएर उनको जिब्रो टोकिदिएर गाडीबाट हाम्फालेकी थिइन् । युवतीको मोवाइल कारमै छुटेको थियो । उनका साथी पटक पटक फोन गरिरहेका थिए तर मोवाइल कारमा भएका कारण सम्पर्क हुन सकेन ।

साथीले पुलिसलाई यसको जानकारी दिए । पुलिसको सन्देस सर्कुलर हुँदा चित्रकुट पुलिसले युवती चौकीमा भएको बतायो । पुलिसले आरोपीको जिब्रो काटिएकोले अस्पताल जान सक्ने सर्कुलर गर्यो । लगत्तै सबै अस्पतालमा सन्देश पठाइयो । एसएमएस अस्पतालले जिब्रो काटिएको युवक उपचारको लागि आएको पुलिसलाई जानकारी दियो । पुलिसले तत्कालै उनलाई पक्राउ गर्यो ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  १० : ३४ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा