महिलामा भन्दा पुरुषमा कपाल झर्ने समस्या बढी हुन्छ किन ? « Khabarhub

महिलामा भन्दा पुरुषमा कपाल झर्ने समस्या बढी हुन्छ किन ?


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाक्लो र लामो कपाल महिलाको सौन्दर्यको प्रतिक मानिन्छ । महिलाका लागि मात्रै होइन पुरुषको आकर्षक व्यक्तित्वका लागि पनि कपालले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ।

अहिले धेरै महिला तथा पुरुषको साझा समस्याको रुपमा कपाल झर्ने समस्या देखिएको छ । तपाई‌ं पनि कपाल झर्ने समस्याका कारण तनावमा हुनुहन्छ ?

किन झर्छ कपाल ?

यदि तपाईंको कपाल दिनमा एक सय ओटा जति झर्छ भने त्यसलाई सामान्य सोच्नुपर्छ । यसरी झरेको कपाल जराबाट पुन पलाउछ । तर कसैको कपाल धेरै झर्ने तर थोरै मात्र पलाउने गर्छ ।

यो प्रक्रिया महिलामा भन्दा पुरुषमा बढी देखिन्छ । प्राकृतिक रुपमा पुरुषमा यो समस्या २० बर्षमा शुरु हुन्छ भने महिलामा ३० बर्षमा शुरु हुन्छ । कपालको संख्या लगभग ५ सय ५ ओटा जति कम नहुदासम्म हामीलाई खासै चिन्ता महसुस हुदैँन ।

कपाल झरेको ठाउबाट पुन नपलाउनुको कारण कपालको जरा नष्ट हुदा वा कपालको जरा नष्ट नहुनु हो ।
कपालको जरा नष्ट हुने समस्या कम व्यक्तिलाई नै हुन्छ यदि कपालको जरा नष्ट भएको भए यसको उपचार सम्भव हुँदैन । तर कपाल झर्ने समस्या भएका ८० देखि ९० प्रतिशत व्यक्तिहरुमा भने कपालको जरा नष्ट भएको हुदैन । यसको उपचार सम्भव छ ।

जरा नष्ट नभएपनि कपाल झर्ने समस्या धेरै व्यक्तिमा हुने गर्छ । यो समस्या हर्मोन र वंशाणुगत कारणले हुन्छ । पुरुष तथा महिलाको टाउकोमा हुने एन्ड्रोजन रिसेप्टरमा हर्मोनको बढी असर पर्दा कपाल झर्छ ।

धेरै व्यक्तिको टाउकोमा सिक्का जस्तो गोलो आकारमा ठाउँ ठाउँमा कपाल खुइलिने समस्या हुन्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुदा यो समस्या निम्तिन्छ । शरीरमा हर्मोन, औषधिको प्रयोग, शरीरमा रगतको कमी, तनाव, आइरनको कमी तथा पौष्टिक तत्वको कमिले गर्दा कपाल झर्छ ।

कसरी हुन्छ उपचार ?

कपाल झर्ने प्रक्रिया प्राकृतिक समस्या हो । त्यसैले यसलाई पूर्ण रुपमा नियन्त्रण गर्न सकिदैन । तर औषधिको प्रयोगले कपाल झर्न केही हदसम्म कम गर्न सकिन्छ र जिउँदो रहेको तर उम्रन छाडेको कपाललाई फेरी सक्रिय बनाउन सकिन्छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : ३५ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको