अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु « Khabarhub

अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको मृत्यु


१२ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा– अष्ट्रेलियामा भएको सवारी दुर्घटनामा २ नेपालीको ज्यान गएको छ । शनिबार अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको कुमा शहरस्थित मोनारो हाइवेमा ५ जना सवार कार दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीहरु समिक्षा सुवेदी र गोपाल भण्डारी छन् ।

उनीहरु स्नोई माउण्टेन भनिने पहाडी क्षेत्रमा हिउँ खेल्न जाने क्रममा दुर्घटनामा परेका हुन् ।

५ जना सवार कार सडकबाट १६० मिटर टाढा उछिट्टिएको अष्ट्रेलियाको एबीसी समाचार संस्थाले जनाएको छ ।

घाइते ३ मध्ये दुई जनाको स्थानीय कुमा अस्पताल तथा अर्का एक जनाको राजधानी क्यानबेरास्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार  २ : ५५ बजे

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अरनिको र बिपीसहितका राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न